चिसाङ शेर्पा खोटाङ,
वडा शिक्षा समिति लफ्याङले आधा दर्जन शिक्षक, विधार्थी र शिक्षा क्षेत्रलाई सहयोग गर्ने अन्य विधाका व्यक्तिलाई सम्मान गरेको छ । वडा शिक्षा समितिको वार्षिक शैक्षिक कार्यक्रम समापनको अवसरमा वडाभित्र रहेका पाँच विद्धालयका उत्कृष्ट ६ जना शिक्षक, उत्कृष्ट ५ जना विधार्थी र अन्य विधाका ५ जना व्यक्तिलाई सम्मान गरेको हो ।
बिहीबार शारदा प्रावि लफ्याङमा भएको कार्यक्रममा उत्कृष्ट वडा शिक्षकका रुपमा रविन सुनुवार, श्रीमाविका शिक्षक पुर्ण कुमार राई, सालपीदेवी प्राविका दोलाकुमारी राई, वालविकास प्राविका जयप्रसाद घिमिरे, जनचेतना आधारभुत विद्धालयकी कोपिला घिमिरे र शारदा प्राविका पुष्पा रार्ई उत्कृष्ट शिक्षकका रुपमा सम्मानित भएका छन् । यस्तै, श्रीमावि लफ्याङ कक्षा ५ मा अध्ययनरत छात्रा मिना श्रेष्ठ, शारदा मावि कक्षा ५ मा अध्ययनरत छात्रा युनिका राई, सालपीदेवीमा अध्ययनरत छात्रा अस्मिता मुग्राती, वालविकास प्राविमा अध्ययनरत छात्रा सजिता वास्तोला र जनचेतना आधारभुत विद्धालयमा अध्ययनरत छात्रा अस्मिता राईलाई सम्मान गरिएको वडा शिक्षा समिति संयोजक तथा लफ्याङका वडाध्यक्ष निर्मल राईले बताए । बालबालिकाको सर्वाङ्गीण विकास गर्न, समय सापेक्ष गुणस्तरीय शिक्षा परिवर्तनका लागि वडा शिक्षा समिति लफ्याङ्को शैक्षिक सुधार कार्यक्रमको उद्देश्य पूरा गर्न योगदान पु-याउने शिक्षक र उतकृष्ट अंक ल्याउने विधार्थीलाई सम्मान गरिएको हो ।
स्वागत नृत्य प्रस्तुत गर्दै वालिका । तस्विर चिसाङ शेर्पा
यसैगरी, साइबर अपराध र लागू औषध सम्बन्धि प्रशिक्षण दिने अतिथि शिक्षक तथा जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार केसी, योग प्रशिक्षक टंक बहादुर थापा, पत्रकारिता प्रशिक्षक दमन राई, सूचना तथा संचार प्रशिक्षक सुर्य तामाङलाई वडा शिक्षा समितिले सम्मान गरेका छ । सम्मानित शिक्षक तथा विधार्थीलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ र अन्य सम्मानित व्यक्तिलाई प्रतिनिधिसभाकी सदस्य हिरा गुरुङले दोसल्ला ओढाई प्रशंसा–पत्र हस्तान्तरण गरेकी छन् ।
अतिथि प्रशिक्षक तथा डिएसपी राजकुमार केसीलाई सम्मान गर्दै प्रतिनिधिसभाकी सदस्य हिरा गुरुङ । तस्विर चिसाङ शेर्पा
गत शैक्षिक सत्रबाट पाँच विद्धालयमा लागू हुनेगरी शैक्षिक क्यालेण्डर प्रकाशन गरेर सवै विद्धालयमा एकै समयमा परिक्षा, वर्षे विदा, अतिरिक्त क्रियाकलाप लगायतका कार्य गर्दै आएको वडा शिक्षा समितिको यस वर्षको शैक्षिक क्यालेण्डर पनि विमोचन गरिएको छ । ‘गुणस्तरीय शिक्षाका लागि नयाँ अभ्यास, संमृद्ध लफ्याङ निर्माणमा साझा प्रयास’ भन्ने नाराका साथमा गत वर्षदेखी शिक्षालाई व्यवहारिक र जीवनमुखी बनाउन वडा शिक्षा समिति लफ्याङ जोडदारका साथमा लागेको छ ।
यस्तो छ नयाँ शैक्षिक क्यालेण्डरमा समावेश गरिएका कार्यक्रमहरु
बैशाख १ देखी १५ गतेसम्म भर्ना कार्यक्रम, बैशाख १० गते पुस्तक वितरण, १२, १३ शैक्षिक कार्याशाला(सवै विद्धालयका शिक्षक तथा विव्यास अध्यक्ष) १६ गते पठनपाठन आरम्भ, २० गते कक्षाकोठा सजावट, २७ गते आन्तरिक क्रियाकलाप, जेठ ३ गते भुमि साक्षरता कक्षा, १० गते करेसावारी निर्माण, २४ गते फुलवारी निर्माण, १५ गते प्रथम त्रैमासिक परिक्षाको प्रश्नपत्र वडा शिक्षा समितिलाई बुझाउने, असार ४–१३ गतेसम्म प्रथम त्रैमासिक परिक्षा, असार १६ गतेदेखी साउन १४ गतेसम्म वर्षे विदा, साउन १५ बाट पठनपाठन सुरु, १७ गते नतिजा प्रकाशन, २४ गते खोजमुलक शिक्षा, ३१ गते मासिक भित्तेपात्रो प्रकाशन ।
भदौ ५ गते लाखे जात्रा प्रदर्शनी, १३ गते हाजिरी जवाफ, १६ गते संगिनी प्रदर्शनी, २९,३० गते मासिक परिक्षा, असोज १० गते सांस्कृतिक सम्पदा संरक्षण शिक्षा, ११–२६ दशै विदा, कात्र्तिक १ गते शैक्षिक भ्रमण, २२ गते लोक नृत्य कार्यक्रम, २५ गते तेस्रो त्रैमाशिक परिक्षाको प्रश्नपत्र वडा शिक्षा समितिलाई बुझाउने, २७ गते श्रीमावि वाँसवोटेको ५९ औं वार्षिक उत्सव, मंसिर १–९ गतेसम्म दोस्रो त्रैमासिक परिक्षा, १३ गते नतिजा प्रकाशन तथा अभिभावकसँग अन्तरक्रिया, २१ गते कृषि उपज विक्री कार्यक्रम, पुस ११ गते निर्देशनात्मक खेलकुद कार्यक्रम, पुस १६ गतेदेखी माघ ६ गतेसम्म हिउँदे विदा, माघ १० गते ज्येष्ठ नागरिक अनुभव शिक्षण कार्यक्रम, १७ गते निवदेन लेखन, २४ गते प्रावि स्तरीय वाल प्रतिभाको खोजी, २७,२८ गते मासिक परिक्षा, फागुन १६ गते नगर मावि स्तरीय हाजिरी जवाफ, चैत्र २५ गते नतिजा प्रकाशन, २६ र २७ गते शैक्षिक अवलोकन ।
यो पनि पढ्नुहोस
शेर्पालाई ‘शैक्षिक पत्रकारिता पुरस्कार’
२०७५ चैत्र २८ गते साँझ ७ :५३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology