समायोजन खबर खोटाङ,
उपप्रधान एबं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले प्रत्येक नागरिकलाई आर्थिक अभावका कारण उपचारबाट बञ्चित नहुने वाताबरण निर्माणमा सरकार लागेको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार खोटाङको दिक्तेलमा आयोजना गरेको ग्रामिण समुदायमा आधारभुत स्वास्थ्य सेवा सुधार सम्वन्धी अन्तरक्रीयात्मक कार्यक्रममा उपप्रधान एबं स्वास्थ्य मन्त्री यादवले गरिबीको रेखामुनि रहेका २८ प्रतिशत सर्वसाधारणलाई समेत सुलभ स्वास्थ्य सेवाको पहुँचमा पु-याउनका लागि सरकारले नयाँ स्वास्थ्य निती तयार पारिसकेको जानकारी दिए ।
‘कुनै पनि व्यक्ती आर्थिक अभावका कारण उपचारबाट बञ्चित हुनुहुन्न,’ उपप्रधान एबं स्वास्थ्य मन्त्री यादवले भने, ‘त्यसका लागि सबैको पहुँच पुग्ने, सबैले तिर्न सक्ने र गुणस्तरिय स्वास्थ्य सेवाका लागि आधारभुत स्वास्थ्य सेवा विस्तारको काम अघि बढाइसकेका छौँ ।’ उपप्रधान एबं स्वास्थ्य मन्त्री यादवले अधिकांश सरकारी डाक्टर शहरमा मात्र बस्न खोज्दा हरेक क्षेत्रमा समान किसिमको स्वास्थ्य सेवा प्रवाहमा समस्या उत्पन्न भइरहेको बताए । ‘८० प्रतिशत जनता गाउँमा बस्छन्, तर ८० प्रतिशत डाक्टर शहरमा बस्छन्,’ यादवले भने, ‘गाउँमा डाक्टर नबसेपछि ८० प्रतिशत जनता स्वास्थ्य सेवा लिनका लागि शहर दौडन बाध्य छन् । अव जहाँ बिरामी छ, त्यहाँ डाक्टर जानु पर्छ । राज्य यसमा स्ट्रोङ्ली लाग्छ ।’
मन्त्री यादवले स्वास्थ्यमा सबैको समान पहुँच विस्तारका लागि स्वास्थ्य बीमाको कार्यक्रम समेत अघि बढाइएको बताए । स्वास्थ्य बीमा गर्न नसक्ने नागरिकको सरकार आफैले स्वास्थ्य बीमा गरिदिने उनले जनाए । यादवले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि स्थानीय सरकारदेखि केन्द्र सरकारबीचमा समन्वय आवश्यक रहेको औंल्याए ।
२०७५ चैत्र २८ गते बिहान ८ :०८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology