• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

शैक्षिक गुणस्तर अभिबृद्धि गर्न प्रअलाई तालिम

शैक्षिक गुणस्तर अभिबृद्धि गर्न प्रअलाई तालिम


चिसाङ शेर्पा
  • मंगलबार, चैत्र १९ २०७५

  • तालिममा सहभागी शिक्षकलाई तालिम दिइदै । तस्विर समायोजन खबर

    चिसाङ शेर्पा खोटाङ,
    शैक्षिक गुणस्तर अभिबृद्धिका लागि सामुदायिक विद्धालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण तालिमको आयोजना गरिएकोे छ । जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्धालयका प्रअहरुलाई दुई दिने तालिमको आयोजना गरिएकोे छ ।

    मंगलबारदेखी गाउँपालिकाको भवन याङसोलाटारमा सुरुवात भएको तालिममा ४९ वटा सामुदायिक विद्धालयका ४९ जना प्रअ अन्य तीन जना सहायक प्रअ सहित ५२ जना शिक्षकहरु तालिममा सहभागी भएका छन् । सहभागी प्रअहरुलाई शिक्षण प्रक्रियाका सिकाइ, पढाई र लेखाईका वारेमा रचनात्मक तथा सिर्जनात्मक विधिहरु सैदान्तिक र प्रयोगात्मक रुपमा सिकाइएको गाउँपालिकाका शिक्षा संयोजक तुलसी कुमार खड्काले जानकारी दिए ।

    तालिमका सहभागी प्रअहरुलाई सेन्टजेभिर्यस स्कुल जावलाखेलका प्रधानाध्यापक फादर जर्ज, रानी झा र बुद्धि गौतमले प्रशिक्षण दिनुभएको छ । प्रअहरुका लागि तालिम एकदम फलदायि भएको महेन्द्रोदय मावि ओख्रेका प्रअ केशब कुमार खड्काले बताए । गाउँपालिकाको शिक्षालाई अझ माथि उकास्न ‘शैक्षिक गुणस्तर अभिबृद्धि’ तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । तालिम भोली बुधबार समापन हुनेछ ।
    शिक्षालाई अझै माथि उकास्नकै लागि सोही गाउँपालिकाले स्थानीय तहको हकमा पहिलो पटक गत चैत्र १० गतेदेखी चैत्र १८ गतेसम्म पालिका स्तरीय कक्षा ८ को परिक्षा एसईई मोडलमा सञ्चालन गरेको थियो । परिक्षामा आधारभुत र माविगरी १९ वटा विद्धालयका ४ सय ७२ विधार्थी सहभागी भएका थिए
    २०७५ चैत्र १९ गते साँझ ६ :१९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology