चिसाङ शेर्पा खोटाङ,
खोटाङमा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीलाई दुई दिने क्षमता अभिबृद्धि तालिम दिइएको छ । सय भन्दा बढी पदाधिकारीलाई ऐंसेलुखर्क गाउँपालिकामा पालिका स्तरीय अभिबृद्धि तालिम दिइएको हो ।
गाउँपालिकाको आर्थिक सहयोग र ऐंसेलुखर्क सामुदायिक वन ऐंसेलखर्क गाउँपालिका महासंघको आयोजनामा आईतबार र सोमबार दुई दिन तालिम दिइएको छ । तालिममा ४८ वटा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष, सचिव र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, ऐसेलुखर्क गाउँपालिका महासंघका पदाधिकारी उपस्थित थिए । उक्त संख्याका पदाधिकारीलाई लेखा तथा कार्यालय व्यवस्थापन, समावेशी, सुशासन, वन पैदावर समुचित वितरण, दिगो वन व्यवस्थापन, समुह सुदृढिकरण लगायतका विषयमा तालिम दिईएकोे सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो ।

तालिमका सहभागीहरुलाई सामुदायिक वन उपभोक्ता महासंघ ३ नम्बर प्रदेशका अध्यक्ष विनोद सापकोटाले प्रशिक्षण दिनुभएको थियो । गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौला, उपाध्यक्ष पुष्पकला भुजेल, सामुदायिक वन उपभोक्ता महासंघ १ नम्बर प्रदेशका सदस्य सुर्य बहादुर राई, पुर्व केन्द्रिय सदस्य मोहन गुरुङ, दिक्तेल नगर महासंघका सदस्य सप्तमणि राईको उपस्थितीमा तालिम सञ्चालन भएको थियो ।
२०७५ चैत्र १८ गते दिउँसो २ :५२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology