• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बबिनाको ‘तिम्रो नशालु हेराईमा’ बजारमा

बबिनाको ‘तिम्रो नशालु हेराईमा’ बजारमा


समायोजन खबर
  • सोमबार, चैत्र १८ २०७५

  • बबिना राई

    समायोजन खबर खोटाङ,
    खोटाङकी गायीका बबिना राईको स्वरमा ‘तिम्रो नशालु हेराईमा’ बोलको नयाँ गीत बजारमा आएको छ । शुष्मा रानाहँमाको शब्द र डिआर अटुको संगीत राजु कार्कीको एरेञ्जमा ‘तिम्रो नशालु हेराईमा’ सार्वजनिक गरिएको हो । रानाहँमाको डान्सिङ गीतमा युवा–युवतीविचको प्रेम र आकर्षणलाई समेटिएको छ ।

     


    बजारमा भावनात्मक गीतहरु आइरहेको अवस्थामा दर्शक तथा श्रोतामाझ फरक स्वादको गीत आएको संगीतकार डिआर अटुले बताए । ‘तिम्रो नशालु हेराईमा’ बोलको गीतको लिरिकल भिडियो समेत सार्वजनिक गरिएको छ । ड्रिम्स रेकर्डिङ स्टुडियो काठ्माण्डौंमा रेकर्ड गरिएको गीत दिपेन्द्र भटटराईले सम्पादन गरेका हुन् ।


    यस्तै, संगीतकार डिआर अटुको १२ वर्षअघि रेकर्ड भएको ‘पोखराको बजारै राम्रो’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । डिआर अटुको शब्द र संगीत रहेको गीतमा गायक रुपकुमार राईको आवाज रहेको छ । नेपालीको जनजिवीकाका पीडालाई चित्रण गरिएको गीतलाई भिडियोकोरुपमा दर्शक श्रोतामाझ बजारमा ल्याइएको संगीतकार डिआर अटुले बताए । उनका ‘गुडी जाने रेल, चौबन्दी चोलीमा, दिक्तेल बजार, झुम्के मायाँ लगायतका गीत चर्चित छन् ।
    २०७५ चैत्र १८ गते दिउँसो १ :५५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology