• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आज र भोली प्रधानमन्त्री मोरङ र झापाका कार्यक्रममा सहभागी हुने, के-के छन कार्यक्रम

आज र भोली प्रधानमन्त्री मोरङ र झापाका कार्यक्रममा सहभागी हुने, के-के छन कार्यक्रम


समायोजन खबर
  • आइतबार, चैत्र १७ २०७५

  • केपी शर्मा ओली

    समायोजन खबर काठमाण्डौ,
    प्रधानमन्त्री केपी शर्मा ओली आज र भोली मोरङ र झापाका विभिन्न कार्यक्रममा सहभागी हुनुहुने भएको छ । काठमाडौंबाट विराटनगर अवतरण गरेर प्रधानमन्त्री ओलीले आज सवा १२ बजे मोरङको उर्लाबारी नगरपालिका स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इन्जिनियरिङ कलेजको उद्घाटन, मदन भण्डारी स्मृति प्रतिष्ठानको रजत जयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्नुहुनेछ ।

     


    यसैगरी, अपरान्ह ३ बजे प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रको दमक नगरपालिका परिषरमा आयोजना हुने प्रदेश नं १ स्तरीय साहित्यिक/प्राज्ञिक गोष्ठीको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओलीले नगरपालिका भवनको उद्घाटन गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले आजै मदन भण्डारी रंगशाला सम्बन्धि सरोकारवालाहरुसंग छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि प्रधानमन्त्री ओलीले गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिहरुसँग भेटघाट र छलफल गर्नुहुनेछ ।

    यसैगरी भोली बिहान ८ बजे दमक रेडक्रस हलमा आयोजना गरिएको नगर र वडा कमिटीको सपथ तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुने, त्यसपछि प्रधानमन्त्री ओलीले दमकमै निर्माण गरिएको पशुपंक्षी हाट उद्घाटन गर्ने, दिउँसो साढे १२ बजे भारतीय राजदुतावासको सहयोगमा निर्माण भएको गौरादह नगरपालिका स्थित स्कूलचौन माविको भवन उद्घाटन र हस्तान्तरण गर्नुहुनेछ । भोली नै प्रधानमन्त्री ओली भद्रपुरबाट काठमाडौं फर्कनु हुनेछ ।
    २०७५ चैत्र १७ गते बिहान ९ बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology