• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आज दिनभर मौसम बदली रहने, मेघ गर्जनसहित वर्षाको सम्भावना

आज दिनभर मौसम बदली रहने, मेघ गर्जनसहित वर्षाको सम्भावना


समायोजन खबर
  • आइतबार, चैत्र १७ २०७५

  • साँकेतिक तस्विर ।

    समायोजन खबर काठमाण्डौ,
    आज देशभरको मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी र मध्य भू भागहरुमा सामान्य बदली रहनेछ भने बाँकी भू भागको मौसम आंशिक बदलि रहनेछ । पूर्वी क्षेत्रका केही, मध्य क्षेत्रका थोरै र पश्चिमी क्षेत्रका १/२ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

     

    हिमाली भेगका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आज राति पूर्वी र मध्य भू भागमा आंशिक देखि सामान्य बदली रहनेछ । बाँकी भागमा मौसम आंशिक बदलि रहनेछ । देशका थोरै ठाउँमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिएको छ । आज राति हिमाली भेगका केही स्थानमा हल्का हिमपातको संभावना रहेको जनाइएको छ ।
    २०७५ चैत्र १७ गते बिहान ८ :५१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology