चिसाङ शेर्पा खोटाङ,
खोटाङमा आफ्नै भाईले दाईमाथि खुकुरी प्रहार गरेका छन् । जिल्लाको केपिलासगढी गाउँपालिका–७ सुङदेल सिमपानी बबुका २५ वर्षीय अष्ट बहादुर राईलाई निजका सहोदर भाई र भाईका ससुरा मिलेर खुकुरी प्रहार गरेका हुन् ।

शनिबार अष्ट बहादुरलाई उनका सहोदर भाई २२ वर्षीय वालजित राई र निज वालजित राईका ससुरा ५०/५२ वर्षीय तुले राईले दुबै हात र टाउकोमा खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक राजकुमार केसीले बताए । खुकुरी प्रहारबाट दुबै हातमा गहिरो चोट लागेको छ । घाईतेलाई उपचारका लागि काठमाण्डौ लगिएको छ ।

खुकुरी प्रहार गर्ने वालजितलाई सोही स्थानको सिमपानी बबुबाट पक्राउ गरि दिक्तेल ल्याइदै गरेको जानकारी प्राप्त भएको छ । घट्नामा संलग्न अर्का तुले भने फरार रहेका छन् । के कारणले खुकुरी प्रहार भएको भन्ने कारण खुल्न सकेको छैन ।
२०७५ चैत्र १६ गते साँझ ६ : ०९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology