• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

डिपबोरिङले पाँचथरको कुम्मायकमा खानेपानीको समस्या कम

डिपबोरिङले पाँचथरको कुम्मायकमा खानेपानीको समस्या कम


समायोजन खबर
  • शनिबार, चैत्र १६ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर पाँचथर,
    पाँचथरको सुख्खाग्रष्त क्षेत्र कुम्मायक गाउँपालिकामा डिप बोरिङ प्रविधिबाट पानी निकालेर उपभोक्तालाई दिन शुरु गरिएको छ । डिप बोरिङ परिक्षण गरिएको पाँच मध्ये तीन स्थानबाट खानेपानी वितरण गर्न शुरु गरिएको हो । एक नम्बर प्रदेश सरकारको एक करोड ६० लाख लागतमा गाउँपालिकाको पाँच स्थानमा डिप बोरिङको सफल परिक्षण गरिएको थियो ।

     


    डिप बोरिङबाट पानी वितरण गर्न थालेपछि स्थानीय भने खुसी भएका छन् । अब पहिले जस्तो रातको एक बजेदेखि नै पानीको जोहोमा लाग्नुपर्ने बाध्यता हटेको छ । घन्टौं लाग्ने बाटो हिंडेर पानी लिन जानुपर्दा विद्यार्थीहरु समयमै विद्यालय नआउने समस्या पनि अब हट्ने अपेक्षा गरिएको स्थानीय विद्यालय प्रशासनले गरेको छ । डिप बोरिङ परिक्षण गरिएको मल्लिडे, उत्तिसे र गोलेडाँडाबाट पानी वितरण सुरु गरिएको हो । रानीगाउँ र बिजुवापानीबाट भने पानी वितरण हुन बाँकी रहेको डिप बोरिङ खानेपानी व्यवस्थापन समितिका अध्यक्ष मेघराज निरौलाले जानकारी दिनुभयो ।


    कुम्मायक गाउँपालिकालाई नेपाल सरकारले २०६६ सालमा सुख्खाग्रष्त क्षेत्र घोषणा गरेको थियो । खानेपानी व्यवस्थापनका अरु योजना बारे कुम्मायक गाउँपालिकाले विभिन्न योजना बनाई रहेको गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङको भनाई छ । पानीको खडेरीका कारण कुम्मायक गाउँपालिकामा घरबारी छोडेर जानेहरुको संख्यासमेत धेरै छ । गाउँपालिकाका अनुसार पानीको अभावका कारण करीब एक सय ५० घर ,खाली छोडेर परिवारका सदस्य अन्यत्र सरेको अनुमान गरिएको छ ।

    २०७५ चैत्र १६ गते बिहान ९ :३८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology