• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

देशभरिकै मौसम बदली, केही दिन मौसम नखुल्ने

देशभरिकै मौसम बदली, केही दिन मौसम नखुल्ने


समायोजन खबर
  • शनिबार, चैत्र १६ २०७५

  • साँकेतिक तस्विर ।

    समायोजन खबर काठमाण्डौ,
    काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम अहिले बदली भएको छ । पूर्व र पश्चिममा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले अहिले देशभरिकै मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

     

    महाशाखाकी मौसमविद् मन्जु बासीका अनुसार यो प्रणाली पश्चिममा कमजोर हुँदै गएकाले आज पश्चिमको मौसम एकैछिन खुल्दै बदली हुनेछ । तर काठमाण्डौसहित मध्य र पूर्वी क्षेत्रको मौसम भने सामान्यतया बदली भई दिउँसोपछि मेघगर्जन र हावाहुरीसहित पानी पर्ने उहाँको अनुमान छ ।

    यस्तै उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुने सम्भावना छ । अहिले बदली गराएको प्रणाली पूर्वमा अझै रहने देखिएकाले मध्य र पूर्वको मौसम एक दुई दिन पूर्ण रुपमा खुल्ने सम्भावना नभएको मौसमविद् मन्जु बासीले बताउनुभयो ।
    २०७५ चैत्र १६ गते बिहान ८ : १२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology