चिसाङ शेर्पा खोटाङ,
भारी मात्रामा रिचार्ज कार्ड चोरी गरी फरार रहेका एक किशोर पक्राउ परेका छन् । एनटिसी, एनसेल र डिस होमको रिचार्ज कार्ड चोरी गरेर फरार रहेका ऐंसेलुखर्क गाउँपालिका–२ वाकाचोलका १९ वर्षीय संजिब राई पक्राउ परेका हुन् ।

गत फागुन २९ गते सोही स्थानका स्थानीय व्यापारीले गाडीमार्फत काठमाण्डौबाट ऐंसेलुखर्क ल्याउदै गरेको १ लाख ६५ हजार ५ सय रुपैयाँ बराबरको रिचार्ज कार्ड चोरी गरेर फरार रहेका राईलाई बुधबार रिचार्ज कार्डसहित घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक राज कुमार केसीले जानकारी दिनुभयो ।

चोरी गरेपछि उनले २ हजार ३ सय बराबरको रिचार्ज कार्ड प्रयोग गरेको छ । प्रयोग गरेको रिचार्ज कार्ड असुली सहित पक्राउ परेका राई विरुद्ध कानुनी कारवाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
२०७५ चैत्र १५ गते राती ९ :०५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology