चिसाङ शेर्पा खोटाङ,
सवारी गल्ती जरिवाना वापत खोटाङमा ११ लाखबढी राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७५/०७६ को साउनदेखी फागुनसम्म ११ लाख ६९ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको हो ।

१५ दिने सवारी दुर्घट्ना न्युनिकरण अभियान समापनको अघिल्लो दिन बुधबार दिक्तेलमा पत्रकारहरुसंगको समिक्षा कार्यक्रममा ८ महिनाको अवधिमा उक्त राजस्व संकलन भएको खोटाङका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी नायब निरिक्षक नरेन्द्र पौडेलले बताए । संकलन भएको राजस्व जिल्ला प्रहरी कार्यालय दिक्तेलको बैक खातामार्फत विभागमा जम्मा गरिएको छ । यहि आवभित्र १ हजार ८ सय ९३ सवारी साधन कारवाहीमा परेको समेत ट्राफिक प्रहरीले जनाएको छ ।
२०७५ चैत्र १३ गते मध्यान्ह १ :३४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology