• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपाली महिला टोलीले आजबाट ओलम्पिक छनोट दोस्रो चरणका लागि प्रशिक्षण सुरु गर्दै

नेपाली महिला टोलीले आजबाट ओलम्पिक छनोट दोस्रो चरणका लागि प्रशिक्षण सुरु गर्दै


समायोजन खबर
  • बुधबार, चैत्र १३ २०७५

  • सांकेतिक तस्विर

    समायोजन खबर काठमाण्डौ,
    नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आजबाट ओलम्पिक छनोट दोस्रो चरणका लागि प्रशिक्षण सुरु गर्ने भएको छ । अप्रिल १ देखी सुरु हुने दोस्रो चरणका लागि टोलीले तयारी सुरु गर्न लागेको हो । प्रशिक्षक हरी खड्काले साफ च्याम्यिनसिप खेलेको टोलीलाई प्रशिक्षणमा बोलाइएको बताउनुभयो ।

     

    महिला टोली यसै साता विराटनगरमा सम्पन्न पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलमा उपविजेतामा बनेको थियो । दोस्रो चरणको खेल अप्रिल १ देखी ९ सम्म म्यानमारमा सुरु हुँदैछ । नेपाल दोस्रो चरणमा भारत रहेको समुह ए मा रहेको छ । भारत र नेपालसँगै समुह ए मा म्यानमार र इन्डोनेशिया छन् । समुह बी मा हङकङ, उज्वेकिस्तान, भियतनाम र जोर्डन छन् ।
    २०७५ चैत्र १३ गते बिहान ८ : ४९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology