समायोजन खबर काठमाण्डौ,
काठमाडौं महानगरपालिकाले आजदेखि पाँच वटा बु्रमर (सडकको धुलो बढार्न प्रयोग हुने साधन) प्रयोगमा ल्याएको छ । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले रिबन काटेर बु्रमर सञ्चालनको उद्घाटन गर्नुभयो ।
डिजेलबाट चल्ने यी बु्रमर युरो ४ एमिसन स्टान्डर्डको डुभेलो ६ ००० मोडलका हुन् । इन्जिन क्षमता १०७ किलोवाट रहेको छ । हरेक बु्रमरमा चार वटा ब्रस रहेका छन् । महानगरपालिकाका अनुसार बु्रमरमा ५ सय लिटर पानी र ४.६८ घनमिटर धुलो भण्डारण गर्न सक्ने क्षमता छ ।
२०७५ चैत्र १२ गते साँझ ७ :५३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology