• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सरकारले दिएको आश्वासन पूरा गर्नुपर्नेमा सांसदको जोड

सरकारले दिएको आश्वासन पूरा गर्नुपर्नेमा सांसदको जोड


समायोजन खबर
  • मंगलबार, चैत्र १२ २०७५

  • फायल तस्विर

    समायोजन खबर काठमाणडै,

    सांसदले सरकारले दिने आश्वासन पूरा गर्न बाध्य पार्नुपर्ने बताएका छन् । सरकारले दिएका आश्वासनको रेकर्ड राखेर त्यसको अनुगमन गरी पूरा गर्न बाध्य पार्नुपर्ने सांसदले बताएका हुन् । आज राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा सांसदले सरकारले आश्वासनमात्र दिने तर पूरा नगर्ने प्रवृत्ति देखिएको भन्दै निगरानी गर्नुपर्ने बताए । सांसद राधेश्याम अधिकारीले सरकारका मन्त्रीहरुले दिएको आश्वासनको रेकर्ड राखेर त्यसको अनुगमन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

     

    सांसद बलराम बास्कोटाले सरकारले एक वर्षमा दिएको आश्वासन पूरा गरे/नगरेको विषयमा सम्बन्धित मन्त्रीसँग छलफल गर्नुपर्ने माग गर्नुभयो । समितिले सरकारी आश्वासन अनुगमनका लागि आवश्यक नियमावली र कार्यविधि तय गरिसकेको छ । त्यस्तै समितिले सरकारलाई प्रत्यायोजित व्यवस्थापनसम्बन्धी काम गर्न र गराउन निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले प्रत्यायोजित व्यवस्थापन सम्बन्धी काम गर्न र गराउन २२ वटै मन्त्रालयलाई निर्देशन दिएको हो । सर्वोच्च अदालत सहितको न्यायिक निकाय र संवैधानिक अंगलाई समेत प्रत्यायोजित व्यवस्थापनसम्बन्धी सिद्धान्तलाई अवलम्बन गर्दै सो सम्बन्धी काम गर्न र गराउन पत्राचार गरिएको पनि समितिका सभापति रामनारायण बिडारीले जानकारी दिनुभयो ।
    २०७५ चैत्र १२ गते साँझ ७ :४४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology