चिसाङ शेर्पा खोटाङ,
बाक्सिला रनिङ गोल्डकपको तयारी तीव्र पारिएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रर्वद्धन तथा स्थानीय खेलाडीहरुलाई प्राथमिकता दिन र मोफसलमा फुटबल खेलको बृद्धि गर्ने उद्देश्यले सञ्चालन हुन लागेको गोल्डकपको तयारीलाई तीव्र पारिएकोे हो ।
पृथ्वी उच्च मावि बुद्धबजार बाक्सिलामा आगामी चैत्र २३ गतेबाट एलाभेन साइजमा हुने दशौं संस्करणको प्रतियोगिताका लागि जिल्लाको मुख्यमुख्य नाका तथा ठूला बजारहरुमा ब्यानर टाँग्ने काम सुरु गरिएको छ । जिल्लाको दिक्तेलबजार, हलेसी, हुर्लुङ तथा गाडीहरुमा ब्यानर टाँग्ने काम सकिएको बाक्सिला फुटबल क्लवका सचिव पवन श्रेष्ठले बताए । उनका अनुसार विभिन्न सामाजिक सञ्जाल तथा स्थानीय पत्रपत्रिका, रेडियो तथा अनलाईन सञ्चारमाध्यममा पनि प्रचारप्रसार तीव्र पारिएको छ ।

केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा हुने प्रतियोगितामा स्थानीय १२ जना र अन्य चार जनाले प्रतियोगितामा सहभागिता जनाउन पाइनेछ । प्रतियोगिताका लागि आगामी शुक्रबार दिक्तेलमा पत्रकार सम्मेलनगरी टाइसिट सार्वजनिक गरिनेछ । प्रतियोगितामा समुह विजेताले १ लाख ५५ हजार ५१०, उपविजेताले ७५ हजार १० र सान्त्वना दुइ टिमले जनही १५/१५ हजार नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । यस्तै, उत्कृष्ट स्ट्राईकर, मिड फिल्डर, डिफेण्डर, गोल रक्षक, हाइ स्कोरर र अनुशासित टिमलाई जनही ५/५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ ।
कसरी पुग्ने बाक्सिला
हलेसी–दिक्तेल सडकखण्ड अन्तरगतको हुर्लुङबाट बाक्सिला जान सकिनेछ । काठमाण्डौ तथा तराईका विभिन्न जिल्लाबाट खाशगरी साना जिप (सुमोहरु) हुर्लुङ हुंदै सिधै बाक्सिला पुग्ने गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको हुर्लुङबाट करीव ४३ किलोमिटर कच्ची सडक छिचोलेर गाडी तथा मोटरबाईकबाट बाक्सिला बजार पुग्न सकिन्छ । बाक्सिला बजारमा प्रशस्त होटल, विधुत तथा खानेपानीको सुविधा भएकाले खेलाडी तथा पाहुनालाई गाँस, वास कपासका लागि समस्या नहुने बाक्सिला फुटबल क्लवका पुर्व अध्यक्ष समिर राईले बताए ।
२०७५ चैत्र १० गते साँझ ६ : ५३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology