• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पक्राउ परेका ‘विप्लव’ समुहका नेताहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी

पक्राउ परेका ‘विप्लव’ समुहका नेताहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी


समायोजन खबर
  • आइतबार, चैत्र १० २०७५

  • फाइल तस्विर ।

    समायोजन खबर काठमाण्डौ,
    पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका नेताहरुलाई ज्यान मार्ने उद्योग अन्र्तगत कारवाही गरिने भएको छ । प्रहरीले प्रक्राउ परेका नेताहरुलाई प्रचलित कानुन अनुसार कारबाही गर्ने जनाएको छ । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले प्रक्राउ परेका नेताहरुलाई कानुन अनुसार कारबाही गरिने बताउनुभयो । उहाँले सार्वजनिक अपराध ऐन अनुसार र ज्यान मार्ने उद्योग अनुसार कारवाही गरिने जानकारी दिनुभयो ।

     

    पक्राउ परेका मध्येपनि फरक फरक कारवाही हुनसक्ने प्रहरीले जनाएको छ । आज कारवाहीका लागि अदालबाट म्याद थप गराउने तयारी छ । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य एवम् मध्य कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली सहित ९ जना नेता–कार्यकर्तालाई हिजो काभ्रेबाट पक्राउ गरेको हो । वलीले गत फागुन १० गते बेलुका ललितपुरको नक्खुस्थित एनसेल कार्यालय अगाडि बम विस्फोट गराउँदा एकजनाको मृत्यु तथा दुईजना घाइते भएको घटनाको जिम्मा लिएको प्रहरीले जनाएको छ ।


    खानीखोला गाउँपालिका–७, मिल्चेस्थित बोरेनीनजिकै काभ्रेपलाञ्चोक र ललितपुरको सिमानाबाट बा १७ च ४८९३ नम्बरको स्कारपियो गाडीमा वलीसहितका नेता–कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उनीहरूलाई दुई जिल्लाको सिमाना दुर्लङखोला पार गरेलगत्तै प्रहरीको विशेष ब्यूरो, महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च र अप्रेसनका क्रममा पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार वली सहितको टोली काभ्रेपलाञ्चोकबाट हिजो बिहान ललितपुर हुँदै काठामाडौं आउँदै थियो । गाडीमै रहेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

    २०७५ चैत्र १० गते बिहान ८ : ५१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology