• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रलेस एक नम्बर प्रदेशको अध्यक्षमा क्षेत्री, सदस्यमा खोटाङका तीनजना

प्रलेस एक नम्बर प्रदेशको अध्यक्षमा क्षेत्री, सदस्यमा खोटाङका तीनजना


चिसाङ शेर्पा
  • आइतबार, चैत्र १० २०७५

  • अधिवेशनबाट निर्वाचित प्रगतीशील लेखक संघ एक नम्बर प्रदेशका सदस्यहरु । तस्विर समायोजन खबर

    चिसाङ शेर्पा खोटाङ,
    प्रगतीशील लेखक संघ एक नम्बर प्रदेशको अध्यक्षमा डा.देवी दुलाल क्षेत्री चयन भएका छन् । सुनसरीको धरानमा शनिबार सम्पन्न प्रथम अधिवेशनबाट क्षेत्रीको अध्यक्षतामा ४५ सदस्यीय नयाँ समिति गठन गरिएको छ ।

     

    समितिको उपाध्यक्षमा डा.खेमराज खनाल, जमुना श्रेष्ठ, सचिवमा खिना परियार, सह सचिव राजेन्द्र सर्वहारा र कोषाध्यक्षमा विन्दु अर्याल रहेका छन् । यस्तै, खोटाङका झमप्रसाद आचार्य जेपी फिरन्ते, रेखा राई क्षितिज र नविन अभिशेष निर्विरोध सदस्यमा निर्वाचित भएका छन् । प्रगतीशील लेखक संघ खोटाङका अध्यक्ष चित्रकुमार सुवेदी पदेन सदस्य रहेका छन् । १४ जिल्लाका संघ अन्तरगतका अध्यक्ष स्वतः पदेन सदस्य हुने नीति अनुसार उनी सदस्यमा रहेका हुन् ।


    वरिष्ठ साहित्यकार कृष्णप्रसाद श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका प्रदेश नम्बर एकका सह ईन्चार्ज सावित्री कुमार काफ्लेको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा १४ जिल्लाका साहित्यकारहरुले साहित्य मार्फत देशको विकृति, विसंगती, व्याप्त भ्रष्टाचार, बलात्कारजस्ता समस्याको सिर्जना मार्फत उजागर गरेका थिए ।
    २०७५ चैत्र १० गते बिहान ८ :२९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology