• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मैत्रीपुर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै

मैत्रीपुर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै


समायोजन खबर
  • बिहिबार, चैत्र ७ २०७५

  • फाईल तस्विर ।

    समायोजन खबर काठमाण्डौ,
    अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । दुई मैत्रीपुर्ण खेल खेल्न कुवेत पुगेको नेपाली टोलीले आज पहिलो खेल खेल्न लागेको हो । नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार बेलुका सबा ९ बजे सुरु हुनेछ ।

     

    नेपाल पहिलो खेल जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतविरुद्ध जित निकाल्ने दाबी गर्नुभएको छ । हालै प्रशिक्षकको जिम्मेवारी पाएका कालिनको नेपालबाट यो पहिलो भ्रमण हो । र, कालिनका लागि यस मैत्रीपूर्ण खेल परिक्षाको रुपमा समेत हुनेछ । यस्तै मूख्य प्रशिक्षक कालिनले कुवेत नौलो टोली रहेको भएपनि जित निकाल्नेमा विश्वस्त रहेको बताउनुभयो ।

    नेपाल र कुवेतबीच १९ बर्षपछि प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि नेपालले कुवेतसँग सन् २००० मा एएफसी एसिया कपमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल ५–० ले पराजित भएको थियो । नेपाललाई उक्त हारको बदला लिने अवसर रहेको छ । त्यस्तै घरेलु टोली कुवेत पनि जित निकाल्ने लक्ष्यमा हुनेछ । कुवेतका मुख्य प्रशिक्षक रोमियो जोजाकले छोटो तयारी भएपनि नेपाललाई हराउने बताउनुभयो ।
    २०७५ चैत्र ७ गते साँझ ६ :३० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology