समायोजन खबर काठमाण्डौ,
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता सम्बन्धी विधेयकमा अंगीकृत नागरिकता दिने विधि टुंग्याउन उपसमिति बनाएको छ । अंगीकृत नागरिकता दिँदा कुन विधि अपनाउने भन्नेबारे सर्वदलीय सहमति जुटाउन र प्रतिवेदन दिन आज बसेको समितिको बैठकले ९ सदस्यीय उपसमिति बनाएको हो ।
उपसमितिमा नेकपाका यशोदा सुवेदी, नवराज सिलवाल र लक्ष्मी चौधरी, नेपाली काँग्रेसका देवेन्द्रराज कँडेल र मीना पाण्डे, संघीय समाजवादी फोरम नेपालका रामसहाय यादव, राजपाका राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल सदस्य छन् । उपसमितिलाई १४ दिनभित्र विवादित विषयमा सहमतिसहितको प्रतिवेदन बुझाउन भनिएको छ ।

तराई–मधेसकेन्द्रित दलका सांसदहरुले नेपालमा विवाह गरी आउने विदेशी बुहारीलाई अहिलेझैं तत्कालै नागरिकता दिनुपर्ने व्यवस्था राख्न भनेका छन् भने अरू दलले त्यसमा केही वर्षको सीमा राख्नुपर्ने माग गरेका छन् ।
२०७५ चैत्र ७ गते साँझ ६ : १७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology