समायोजन खबर तेह्रथुम,
तेह्रथुमको फोदाप गाउँपालिका ३ जलजलेको मार्से सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा एक घर जलेर नष्ट भएको छ । जङ्गलमा लागेको आगो हिजो दिउँसो बस्तीमा पस्दा डोलेश्वर ढुङ्गानाको घर जलेर नष्ट भएको स्थानीय ईन्द्र नेपालीले बताउनुभयो ।
आगलागीबाट मानवीय र चौपाया क्षति नभएको पीडित ढुङ्गानाले जानकारी दिनुभयो । आगलागी क्षेत्रमा पानीको अभाव भएकाले पनि आगो नियन्त्रण गर्न समस्या भएको थियो । पछिल्लो समय जिल्लाका बिभिन्न सामुदायिक वनमा आगलागी भए पनि पानी र दमकल अभावमा निभाउन नसकिएको स्थानीयवासीको भनाइ छ ।

२०७५ चैत्र ५ गते बिहान ८ :५९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology