समायोजन खबर विराटनगर,
साविकको विजेता भारत समूह विजेता बन्दै महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ५–० गोल अन्तरले पराजित गर्दै भारत समूह विजेता बनेको हो ।
विराटनगरस्थित सहिद रंगशालामा श्रीलंकाविरुद्धको फराकिलो जितसँगै भारत समूह ‘बी’ मा ६ अंक जोडेर समूह विजेता बनेको हो । पराजित श्रीलंका ३ अंक जोडेर समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । अब भारतले सेमिफाइनलमा बंगलादेशसँग खेल्नेछ । बंगलादेश समूह ‘ए’ को उपविजेता हो । यस्तै श्रीलंकाले समूह ‘ए’ को विजेता नेपालसँग खेल्नेछ ।
२०७५ चैत्र ३ गते साँझ ६ :२३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology