समायोजन खबर काठमाण्डौ,
कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा सहभागी देशको संख्या ४८ र्पुयाइएको छ ।अमेरिकाको मायामीमा बसेको फिफा काउन्सिल र कतारी पदाधिकारीको बैठकले सन् २०२२ को विश्वकपमा सहभागी राष्ट्र ३२ बाट ४८ र्पुयाउने निर्णय गरेको हो ।यस्तै बैठकले सन् २०२२ को विश्वकपमा कतारसँगै एक सह आयोजक राष्ट्रका रूपमा कुवेत र ओमानमध्ये एक देश थप्ने भएको छ ।
अमेरिकी देशमा हुने लागेको सन् २०२६ को विश्वकपमा भने यसअघि नै ४८ राष्ट्रले सहभागिता जनाउने तय भइसकेको छ । यसपटकको विश्वकप नोभेम्बरमा सुरू भएर डिसेम्बरमा सकिनेछ । अब सहभागी देशको संख्या बढेपछि प्रतियोगिताको मिति पनि लम्बिएको छ । यसअघि फिफाले विश्वकप जुन र जुलाई महिनामा गर्दै आएकोमा अब नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना गर्ने निर्णय गरेको थियो । यस्तै बैठकले क्लब विश्वकपमा सहभागी टिमको संख्या २४ र्पुयाउने भएको छ । युरोपियन क्लबले बहिष्कार गर्ने चेतावनी गरिरहेका बेला फिफाले भने २०२९ बाट सुरू हुने विश्व क्लब विश्वकपमा सहभागिता जनाउने टिमको संख्या २४ र्पुयाएको हो ।
२०७५ चैत्र २ गते बिहान ७ : ३४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology