समायोजन खबर खोटाङ,
जंगलबाट सुरु भएको डढेलोले दुइ गाउँपालिकामा क्षति गरिरहेको छ । आज दिउँसो रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित गढीथुम्का तथा कासेघडेरी सामुदायीक वनबाट सुरु भएको भिषण डढेलो घलेगाउँमा छिरेको हो । भिषण डढेलोले रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अविकेसर पाण्डे र भीम पाण्डेको घर जलिसकेको रावाबेँसी गाउँपालिकाका प्रमुख लिलानाथ निरौलाले जानकारी दिनुभयो ।
सोही डढेलोले ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका तोमबहादुर निरौला र पहलमान निरौलाको घर समेत जलिसकेको छ । डढेलोले अन्य घर समेत जोखिममा परेको गाउँपालिका प्रमुख निरौलाले बताए । ‘हावाहरीका कारण आगोले एकदमै उग्र रुप लिएको छ, अरु घर समेत जोखिममा परेको छ,’ प्रमुख निरौलाले भने, ‘ऐसेलुखर्कबाट सेना र प्रहरी झिकाएर निभाउने प्रयास भइरहेको छ ।’ दुबेकोलस्थित गढीथुम्का तथा कासेघडेरी सामुदायीक वनबाट सुरु भएको डढेलो चिन्डेश्वर हुँदै हङखोला तरेर माक्पाको लेवा पुगेको ऐसेलुखर्क गाउँपालिका प्रमुख बिश्वनाथ निरौलाले बताए । जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले पनि भिषण डढेलोले घर जलेको पूष्टी गरेका छन् ।
२०७५ चैत्र १ गते अपरान्ह ३ : ३७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology