समायोजन खबर गुल्मी,
गुल्मीको मुसिकोटमा ५० हजार राशीको भलिबल प्रतियोगीता हुने भएको छ । मुसिकोट नगरपालिकाले गठन गरेको नगर खेलकुद विकास समितिको आयोजनामा ५० हजार राशीको भलिबल प्रतियोगीता हुने भएको हो ।
नगर भित्र लुकेर रहेका खेलाडीहरुको प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगीता गर्न लागिएको नगर खेलकुद विकास समितिले जनाएको छ । नयाँ बर्ष २०७६ को अवसरमा सो प्रतियोगीता आयोजना गर्न लागिएको हो । बैशाख ५, ६ र ७ गतेका दिन वडास्तरिय भलिबल प्रतियोगिता, मुसिकोट नगर रनिङ कप–२०७६ आयोजना गर्न लागिएको समितिका अध्यक्ष नविन कक्षपतिले जानकारी दिनुभयो ।
२०७५ चैत्र १ गते बिहान ९ :३४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology