समायोजन खबर सिन्धुपाल्चोक,
मेलम्ची खानेपानी आयोजनाबाट इटालियन कम्पनी सिएमसी भागेपछि त्यहाँ कार्यरत ७ सय मजदुर बिचल्लीमा परेका छन् । मजदूरहरुले ८ महिनादेखि पारिश्रमिक पाउन सकेका छैनन् । मेलम्ची आयोजनाबाट इटालियन ठेकेदार भागेपछि मजदुर मात्र होइन, आयोजनाका लागि सामान ढुवानी गर्नेहरु पनि अहिले मारमा परेका छन् । मजदूरी गरेको पाँच महिनाको तलब नदिई कम्पनीले ठेक्का रद्द गरेर भागेपछि पारिश्रमिक कसरी लिने भन्ने चिन्ता बढेको स्थानीय पूर्णबहादुर लामिछानेले बताउनुभयो । उहाँको समुहमा काम गर्ने १२ जनासहित कम्पनीले आयोजनाको काममा लगाएका झण्डै सात सय स्थानीय मजदुरले कम्पनीसँग दुईदेखि आठ महिनासम्मको भुक्तानी लिन बाँकी रहेको लामिछाने बताउनुहुन्छ ।
ठेकेदार कम्पनीले पारिश्रमिक नदिई भागेपछि पारिश्रमिक दिलाउने जिम्मा मेलम्ची आयोजनाले लिनुपर्ने माग मजदुरहरुले गरेका छन् । पारिश्रमिक नदिई अर्को ठेकेदार छनौट गरेमा आयोजना अघि बढ्न नदिने मजदुरहरुले चेतावनी दिएका छन् । ठेकेदार कम्पनीले स्थानीय सप्लायर्स र भेण्डर्सहरुलाई मात्र १६ करोड ५० लाख ३८ हजार पाँच सय रुपैयाँ भुक्तानी दिन बाँकी रहेको सप्लायर्सहरु बताउँछन् । आफूहरुले पाउनुपर्ने पारिश्रमिक नपाए चरणबद्ध आन्दोलन गर्ने मजदुरहरुले चेतावनी दिएका छन् । चिनियाँ ठेकेदार कम्पनीले ठेक्का रद्द गरेपछि सिएमसीले सुरुङको फिनिसिङ र हेडवक्र्सको काम बाँकी रहँदा पुस दुईगते ठेक्का छाडेर भागेको थियो । काममा फर्कन सरकारले पटक पटक आग्रह गर्दा समेत नफर्केपछि बाध्य भएर ठेक्का रद्द गरेको सरकारले जनाएको छ । ठेक्का रद्द भएपछि अब आयोजना कसरी अघि बढाउने भन्ने कुनै निर्णय हुन सकेको छैन ।
२०७५ चैत्र १ गते बिहान ९ : ३० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology