• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आज विश्व उपभोक्ता अधिकार दिवस

आज विश्व उपभोक्ता अधिकार दिवस


समायोजन खबर
  • शुक्रबार, चैत्र १ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर काठमाण्डौ,
    आज विश्व उपभोक्ता अधिकार दिवस, हरेक वर्ष मार्च १५ तारिखमा यो दिवस मनाउने गरिन्छ । आज विश्वभरी नै उपभोक्ता अधिकारका विभिन्न विषयमा छलफल हुनेगर्छ । सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले पहिलो पटक उपभोक्ता अधिकारका अवधारणा ल्याउनुभएको थियो ।

     

    यसै दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । “गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार हामी सवैको अधिकार” मूल नाराका साथ आज ३७ औं विश्व उपभोक्ता अधिकार दिवस मनाउन लागिएको हो । उपभोक्ता हित संरक्षण मञ्च नेपालले आज दिउँसो साढे २ बजे बानेश्वरमा कार्यक्रम गर्दैछ । मौलिक हक र उपभोक्ता संरक्षण ऐन कानुन कार्यन्वयनको अवस्था विषयको कार्यक्रममा कानुनमन्त्री भानुभक्त ढकाल पनि सहभागी हुनुहनेछ । आज देशैभरी उपभोक्ताको अधिकार, बनेका कानुन र सचेतताका विषयमा छलफल हुँदैछ । उपभोक्ता अधिकार दिवस मनाइँ रहँदा उपभोक्ता सबैभन्दा बढि ठगीमा पर्ने गरेको पाइएको छ ।
    २०७५ चैत्र १ गते बिहान ९ :०४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology