चिसाङ शेर्पा खोटाङ,
आठौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा खोटाङबाट आठजना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । करातेबाट ६ जना, एथलेटिक्सबाट एकजना र ज्याबलिङ थ्रोबाट एकजनाले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
आगामी चैत १५ गतेबाट प्रदेश नम्बर ५ मा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खोटाङकी रोश्मा राई, विद्याकला राई, नन्जु राई, डुनु राई, जस्मिना राई, मिसडोना राई, दिर्पा वस्नेत र संजोक राईले प्रतियोगितामा खेल्न पाउने भएका छन् । रोश्मा, विद्याकला र नन्जु महिला समुहकातामा तथा कुमितेको ४५ केजीमा डुनु, ६८ केजीमा जस्मिना र ६८ प्लस केजीमा मिसडोनाले प्रतिस्पर्धा गर्नेछन्। यस्तै, ८ सय, १५ सय र ५ हजार मिटर एथलेटिक्समा दिर्पा र ज्याबलिङ थ्रोमा संजोकले प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौं सहित प्रदेश ५ को ६ जिल्लामा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ विधाका खेलका लागि झन्डै ५ हजार खेलाडीले सहभागिता जनाउने छन् । यसैविच, स्थगीत भएको एक नम्बर प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता चैत्र ५ गतेदेखी १० गतेभीत्र खोटाङमा हुने भएको छ । तेक्वान्दोपछि राष्ट्रिय प्रतियोगीतामा खेल्ने खेलाडीका लागि प्रदेशले हप्तादिन क्लोज क्याम राख्ने जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष माईतीराज राईले बताए ।
२०७५ चैत्र १ गते बिहान ८ : २५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology