• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सङ्घीय समाजवादी फोरमको प्रथम नगर अधिवेशनको तयारी पूरा

सङ्घीय समाजवादी फोरमको प्रथम नगर अधिवेशनको तयारी पूरा


चिसाङ शेर्पा
  • शुक्रबार, चैत्र १ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    सङ्घीय समाजवादी फोरम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रथम नगर अधिवेशनको तयारी पूरा भएको छ । पार्टीको केन्द्रिय सर्कुलर अनुसार चैत्र २ गते भोली हुने प्रथम नगर अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको हो ।

     

    अधिवेशनका लागि दिक्तेलवजारमा तुल व्यानर टाँग्ने, साँस्कृतिक तयारी र नगरपालिकाको ११ वडामा वडा अधिवेशन गरी सकिएको अधिवेशन आयोजक समिति संयोजक निर्मल राईले जानकारी दिए । नगरपालिकाको अन्य चार वडामा विविध कारणवश वडा अधिवेशन गर्न नसकिएको उहाँको भनाई छ । दिक्तेलस्थित समिक्षालयमा हुने अधिवेशनका लागि आज मञ्च व्यवस्थापन गरिनेछ । अधिवेशनमा सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सचिव एवं सहरी विकास मन्त्री मोहमद इस्तियाक राई, केन्दीय सदस्य एवमं १ नं. प्रदेश समिति अध्यक्ष भुपेन्द्र नेङ्माङ र केन्द्रीय सदस्य लिला सिटौला दिक्तेल आउने अधिवेशन आयोजक समितिले जनाएको छ ।
    २०७५ चैत्र १ गते बिहान ८ :०५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology