समायोजन खबर काठमाण्डौ,
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नक्कल गरेर नयाँ प्रचण्ड बन्न नसकिने बताउनु भएको छ । नेकपाको कार्यालय पेरिसडाँडामा आज भएको एक कार्यक्रममा प्रचण्डले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाप्रति लक्षित गर्दै हिजोका आफ्नै साथीहरूको सरकार छ, अनी परिस्थिति हेर्नु पर्दैन? भनेर प्रश्न गर्नुभयो । ‘कतिपयले प्रचण्डले यसो गरेर यस्तो भयो, म पनि अब यसै गर्छु भन्दै हिडेको पनि भेटियो ।’ प्रचण्डले भन्नुभयो, ’प्रचण्ड बन्न पनि सजिलो छैन ।’ आफू पनि प्रचण्ड बन्छु भनेर नहिडेको उहाँको भनाइ थियो । जनताको काम गर्छु भनेर हिड्दा हिड्दै जनताले आफूलाई प्रचण्ड बनाइदिएको उल्लेख गर्दै अब त्यही समयमै प्रचण्ड बनिदैन भन्नुभयो ।
प्रचण्डकै नक्कल गरे प्रचण्ड बन्छु भन्ने भ्रम नपाल्न पनि उहाँले आग्रह गर्नुभयो। ‘मैले हिजोका साथीहरूलाई लगातार यो सल्लाह दिईराखेको छु ।’ हिजो सँगै सहकार्य गरेका मेरै सचिवालयमा समेत बसेकाले मलाई मार्ने षड्यन्त्र गरेको माइनुटसमेत गरेको मलाई सूचना आएको छ।’ प्रचण्डले भन्नुभयो । जनयुद्धका प्रथम सहिद दीलबहादुर रम्तेल र झापाको सुखानी विद्रोहमा हत्या गरिएका सहिदप्रति सम्मान प्रकट गर्न एउटै पार्टीको झण्डाको प्रयोग हुनसक्नु नै क्रान्तिको उपलब्धि रहेको प्रचण्डले ठोकुवा गर्नुभयो । प्रचण्डले दस वर्षे जनयुद्धको क्रममा ज्यान गुमाउने सहिद तथा वेपत्ताको बलिदानीपूर्ण सङ्घर्ष कै कारण नेपालले नयाँ राजनीतिक व्यवस्था पाएको टिप्पणी गर्नुभयो । कार्यक्रममा नेकपा नेता योगेश भट्टराईले दस वर्षे जनयुद्धले नेपालको जनवादी क्रान्ति पूरा गरेको दावी गर्नुभयो । भट्टराईले पार्टी एकता र नेपालको कम्युनिष्ट आन्दोलन एकीकृत रूपमा नेपालको समस्या समाधान र विकास संवृद्धिको बाटोमा लाग्न प्रेरित गर्नेसमेत दाबी गर्नुभयो ।
२०७५ फागुन ३० गते साँझ ६ :१९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology