• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कविता, हलेसीका महादेव

कविता, हलेसीका महादेव


चित्र कुमार सुवेदी
  • बिहिबार, फाल्गुन ३० २०७५

  • कवी चित्र कुमार सुवेदी

    चित्र कुमार सुवेदी,
    मेरो नाम–हलेसीका महादेव
    उपनाम–पुर्वको पशुपति
    मलाई मन पर्ने–धुप दिप
    रननन बजेको घण्टीको आवाज
    दोहोरो थर्किएको शंखको धुन
    भुरुरुरु उडेको परेवाको संगीत
    चराहरुका चिरबिर चिरबिर गीत
    मान्छे मसँग,

     

    धान नरोपी भकारी भरियोस भन्छ
    घाँस नकाटी डोको छादियोस भन्छ
    किताब नफुकाई ज्ञानी वनियोस भन्छ
    दुध नदोई दुधेरो टिल्पिलायोस भन्छ
    मही नपारी घ्यु निक्यिोस भन्छ
    आफू अग्लि अरु सवै होचीउन् भन्छ
    प्रत्येक पेटबाट छोरो जन्मियोस भन्छ
    छोरी पेटमै सडियोस भन्छ
    म पुरा गर्न सक्दिन
    मेरो परिचय नै
    प्रकृतीको अनुपम सुन्दरता
    मेरो चिनारी, मेरा छहारी
    जबसम्म म जोगाउन सक्छु
    तबसम्म म रहंन्छु
    जस्तै,
    गुंड रहुन्जेलसम्म मात्र
    बस्छन दलीनमा गौथलीहरु
    संसारमा,
    स्वतन्त्रतापुर्वक जिउन नचाहने को हुन्छ र
    स्वच्छ हावा फेर्न नचाहने को हुन्छ र
    प्रकृतीको काखमा वसेर
    संसार हेर्न नचाहने को हुन्छ र
    म पनि त्यही चाहान्छु

    तर,
    लड्डु र फलफुल त के
    मेरो मुखमा पानी समेत हाल्न नमिल्नेगरी
    आँखै छोपेर नाकैनेरी
    मेरो चिनारी नै नदेखिनेगरी
    ठड्याईएको आकासे दरवार
    मेरो पहिचाननै छदाउने गरी
    वस्ती नै जलेजस्तो धुवा उडाउदै
    मेरो टाउकोमा कुदाइएका गाडीहरु
    मलाई मन पदैन
    सिमेन्ट रड र वालुवाले
    म अग्लिन चाहान्न, मोटाउन चाहान्न
    म गुफामै जन्मे, हुर्के, खेले, रमाए
    म गुफामै वस्न चाहान्छु
    म नै गुफा, गुफा नै म
    दरवारमा त शासकहरु वस्छन्
    म माटोमा खेल्न चाहान्छु
    माटोमै वस्न चाहान्छु
    म ढुंगो हुं, ढुङगै रहन चाहान्छु
    मित्र,
    ढुङगो र माटोको सामिप्यता
    तोड्ने कोशिष नगर
    त्यो तिमीले सोचेभन्दा
    भयंङकर खतरनाक हुन्छ ।
    कविताका लेखक प्रगतीशील लेखक संघ खोटाङका अध्यक्ष हुन् ।

    २०७५ फागुन ३० गते मध्यान्ह २ :२४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology