समायोजन खबर काठमाण्डौ,
यूएस–बङ्ला एयरलाइन्सको बम्बार्डियर क्यू–४०० विमान दुर्घटना भएको आज एक वर्ष पूरा भएको छ । २०७४ फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा ५१ जनाको मृत्यु भएको थियो । चालक दलका चार सदस्यसहित ७१ जना सवार विमान दुर्घटनामा परेर २२ नेपाली, २८ बंगाली र एक चिनियाँ नागरिकको मृत्यु भएको थियो ।
दुर्घटनामा परेका नेपाली मध्ये अधिकांश बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न गएका विद्यार्थीहरू थिए । दुर्घटनाको छानविन गर्न गठित आयोगले भएका झण्डै एक वर्षपछि प्रतिवेदन बुझाएको छ । पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा गठित छ सदस्यीय आयोगले गत माघमा बुझाएको प्रतिवेदनमा विमानका क्याप्टेन सुल्तान मानसिक रूपमा एकदमै तनावग्रस्त र थकित रहेको निश्कर्ष निकालेको छ । आफैले प्रशिक्षित गरेका एक जना सहचालकले उहाँलाई ‘दक्ष उडान प्रशिक्षक नभएको’ भनेपछि ५२ वर्षका सुल्तान तनावमा परेको प्रतिवेदनमा उल्लेख छ ।
२०७५ फागुन २८ गते अपरान्ह ६ : २५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology