समायोजन खबर सल्यान
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको श्रीनगरबाट लान्तीबजार तर्फ जाँदै गरेको रा १ त ११५१ नम्बरको ट्याक्टर गएराती सवा ८ बजेतिर शारदा नगरपालिका १ शान्तिनगरमा दुर्घटना भएको हो । ट्याक्टर सडकदेखी झण्डै ३० मिटर तल खेतमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गाडी चालक शारदा नगरपालिका १२ चिसापानीका २४ बर्षीय कृष्ण डाँगी र गाडीमा सवार चैबाङज्यूला बस्ने १३ वर्षका अमर बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । ट्याक्टर दुर्घटनामा घाईते भएका उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याईएको थियो । उपचारकै क्रममा राती साढे ९ बजेतिर मृत्यु भएको प्रहरीको भनाइ छ ।
२०७५फागुन २८ गते बिहान ९ :११ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology