समायोजन खबर खोटाङ,
नेपाल तरुण दलका जिल्ला सदस्य रविन्द्र कुमार बजिमय सङ्घीय समाजवादी फोरममा प्रवेश गरेका छन् । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल खोटाङका जिल्ला सदस्य बजिमय आईतबार सङ्घीय समाजवादी फोरममा प्रवेश गरेका हुन् ।
फोरमको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रथम नगर अधिवेशनको तयारी तथा प्रचार-प्रसारका क्रममा उनी आफ्नो पार्टीमा प्रवेश गरेको अधिवेशन आयोजक समिति संयोजक निर्मल राईले जानकारी दिए । आफ्नो पाटी त्यागेर सङ्घीयमा आएका उनलाई प्रदेश नं. एकका सदस्य धनकुमार राई, सङ्घीय फोरम खोटाङका जिल्ला अध्यक्ष नविन राई, अधिवेशन संयोजक राई लगायतले बजिमयलाई पार्टीमा प्रवेश गराएका हुन् ।
आगामी चैत्र २ गते हुने प्रथम नगर अधिबेशनका लागि सङ्घीयले हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल, खाल्ले, लफ्याङ र पाथेकामा वडा अधिवेशन गरिसकेको छ । भोली (मंगलबार) सोही नगरपालिकाको वडाहरु ७, २ र ११ मा अधिवेशन गर्दैछ । यस्तै, बराहपोखरी, जन्तेढुंगा, दिप्रु्ङ चुइचुम्मा, र केपीलासगढी गाउँपालिकामा पालिका स्तरीय अधिबेशन पनि सकेको छ । अधिबेशनका लागि पार्टीका केन्द्रिय सचिव तथा शहरी बिकास मन्त्री मोहमद इस्तियाक राई, प्रदेश नम्बर एकका अध्यक्ष भुपेन्द्र नेङमाङ, केन्द्रिय सदस्य लिला सिटौला दिक्तेलबजार आउने कार्यक्रम रहेको छ ।
२०७५ फागुन २७ गते राती ८ : १७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology