समायोजन खबर काठमाण्डौ,
नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले ओली सरकारले प्रेस स्वतन्त्रता माथी अंकुश लगाउन खोजेको आरोप लगाउनुभएको छ । आज नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आयोजना गरेको प्रजातन्त्रका सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृत सभामा सभापति देउवाले वर्तमान सरकारले प्रेस स्वतन्त्रता माथि अंकुश लगाउन खोजेको आरोप लगाउनुभएको हो ।
कार्यक्रममा सभापति देउवाले सरकारले फेसबुक, ट्विटर, युट्युब र अनलाईनलाई व्यस्थित गर्ने नाममा साइबर क्राईमको आरोप लगाएर प्रेस स्वतन्त्रता हनन् गर्न लागि परेको उहाँले बताउनुभयो । प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप भए कांग्रेसले प्रतिवाद गर्ने उहाँको भनाई छ ।
२०७५ फागुन २० साँझ ६ :५० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology