समायोजन खबर काठमाण्डौ,
नयाँ बानेश्वर क्षेत्रमा राहत शिक्षक र प्रहरीबीच आज झडप भएको छ । प्रस्तावित सङ्घीय शिक्षा विधेयकमा राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था गरिनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका राहत शिक्षकले निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएको हो । उनीहरूले हिजो पनि प्रयास गरेका थिए । माइतीघर मण्डलबाट नारा जुलुस गर्दै नयाँ बानेश्वर चोक जान खोजेका राहत शिक्षकलाई प्रहरीले निषेधित क्षेत्र भन्दै चोकमा पुग्नबाट रोकेको थियो ।
शिक्षकले जबरजस्ती गरेपछि प्रहरीले आश्रुग्याँस तथा पानीका फोहोरा हानेका थिए । नेपाल राहत शिक्षक केन्द्रीय सङ्घर्ष समितिका अध्यक्ष खेमराज अधिकारीले प्रहरीले अश्रुग्याँस प्रहार गरेको र केही शिक्षक घाइते भएको जानकारी दिनुभयो । केही दिनयता उनीहरूले राजधानी केन्द्रित आन्दोलन गर्दै आएका छन् । मुलुकभर ४० हजार राहत शिक्षक छन् । प्रस्तावित विधेयकमा राहत कोटालाई दरबन्दीमा रूपान्तरण गर्ने र आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था गर्नुपर्ने माग उनीहरूको रहेको छ । शिक्षा मन्त्रालयको प्रस्तावित विधेयक हाल अर्थ मन्त्रालयमा विचाराधीन अवस्थामा छ ।
२०७५ फागुन २० साँझ ६ : ४८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology