समायोजन खबर काठमाण्डौ,
शिक्षक सेवा आयोगले झन्डै ७ हजार पदपूर्तिका लागि खुला प्रतिस्पर्धा आह्वान गर्ने भएको छ । २२ हजार ७६ पद पूर्तिका लागि आन्तरिक प्रतिस्पर्धा गराइएकोमा करिब १५ हजार मात्र अन्तरवार्ताका लागि छनौट भएपछि बाँकी रिक्त पद पूर्तिका लागि खुला प्रतिस्पर्धा गराउने तयारीमा आयोग पुगेको हो । अन्तिम पटकका लागि अस्थायी शिक्षकलाई स्थायी गराउनका लागि आन्तरिक प्रतिस्पर्धा गराउन शिक्षा ऐन् संसोधन भएको थियो । बाँकी पद पूर्ति खुलाबाट गर्ने प्रावधान अनुसार अबको दुईतीन महिनाभित्रमा खुल्ला आवदेन खोल्ने तयारी भइरहेको शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा.तुलसीप्रसाद थपलियाले सीआईएनसँग बताउनुभयो ।
यसैबीच, आन्तरिक परीक्षाबाट बञ्चित २०७२ असोजपछि नियुक्त छुट अस्थायी करार शिक्षक संघर्ष समिति आन्दोलनमा उत्रिएको छ । संघर्ष समितिका संरक्षक भरत केसीका अनुसार नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालय विच भएको २० बुदे सहमति विपरीत संघीय शिक्षा ऐन ल्याउन लागेको भन्दै आन्दोलन सुरु भएको हो । यता महासंघका अध्यक्ष बाबुराम थापाको नेतृत्वको टोलीले हिजो मन्त्रालय पुगेर २० बुदे सहमति कार्यान्वयन गर्न मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
२०७५ फागुन २० बिहान ८ : ५० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology