• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

रवीन्द्रको क्षेत्रमा आफू उठ्ने कुप्रचार नगर्न नेकपा नेता गौतमको अनुरोध

रवीन्द्रको क्षेत्रमा आफू उठ्ने कुप्रचार नगर्न नेकपा नेता गौतमको अनुरोध


समायोजन खबर
  • शनिबार, फाल्गुन १८ २०७५

  • वामदेव गौतम

    समायोजन खबर काठमाण्डौ,
    सत्तारूढ नेकपाका नेता वामदेव गौतमले हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा उपचुनाव हुँदा आफू उम्मेदवार नहुने स्पष्ट पार्नुभएको छ । उहाँले आज विज्ञप्ति जारी गरी स्वर्गीय अधिकारीको निर्वाचन क्षेत्र कास्की–२ मा आफू उम्मेदवार हुन लागेको भनेर दुष्प्रचार सुरु गरिएकामा आपत्ति जनाउँदै खण्डन गर्नुभएको हो ।

     

    उहाँले पार्टीले आफूलाई उम्मेदवार बनाउने निर्णय गरेको खण्डमा पनि त्यसलाई स्वीकार नगर्ने विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।उहाँले मृत्युको शोकबाट आफूले व्यक्तिगत लाभ लिने काम कहिल्यै नगरेको र अब पनि नगर्ने उल्लेख गर्नुभएको छ । गौतमले रवीन्द्रको खाली भएको निर्वाचन क्षेत्रमा उहाँकै परिवारबाट उम्मेदवार बनाउनुपर्ने धारणा समेत अघि सार्नुभएको छ ।
    २०७५ फागुन १८ गते साँझ ६ बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology