समायोजन खबर झापा,
झापा गोल्डकपको चौथो संस्करण आजबट सुरु हुँदैछ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले गर्नुहुनेछ । उद्घाटन खेलमा आयोजक झापा ११ एफसी र सहारा क्लब पोखराबीच प्रतिस्पर्धा हुनेछ । १८ फागुनदेखि २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार तथा उपविजेता टोलीले ६ लाख ५ हजार रुपैयाँ र ट्रफी पाउनेछन् ।
प्रतियोगितामा आयोजक झापा–११ फुटबल क्लबसहित विभागीय टोली त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिसका साथै मनाङ मर्स्याङ्दी क्लब, थ्रीस्टार, मोरङ–११, रूपन्देही फुटबल क्लब, सहारा क्लब पोखरा र हङकङ नेप्लिज एकाडेमीको सहभागिता रहने झापा गोल्डकपका अध्यक्ष महेन्द्रकुमार गिरीले बताउनुभयो ।
२०७५ फागुन १८ गते बिहान ८ :५० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology