समायोजन खबर कैलाली,
दार्चुलामा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । दार्चुला सदरमुकाम खलंगा बजारबाट दुहुँ गाउँपालिकाको हिकिला तर्फ जाँदै गरेको म १ ज २८० नम्बरको जीप राताकाठा भन्ने स्थानमा शुक्रबार राति करिब ८ बजेतिर दुर्घटना भएको थियो ।
दुर्घटनामा ७ महिला, ३ पुरुष, १ नाबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उनीहरुको सनाखत भएको छैन । दुर्घटनामा जीप चालक दीपक सिंह धामी घाइते छन् । उनको अवस्था गम्भीर छ । उनलाई जिल्लामा उपचार हुन नसकेपछि भारतको पिथौरागढ रिफर गरिएको प्रहरीले जनाएको छ ।
जीप सडकबाट करिब तीन सय मिटर तल महाकाली नदी किनारमा खसेको छ । घटनास्थल एकदमै भिरालो रहेको र राति पनि भएकाले सुरक्षाकर्मीहरुलाई उद्धारमा कठिनाइ भएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका थिए ।
२०७५ फागुन १८ गते बिहान ७ : ५९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology