• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पाकिस्तानले भारतीय युद्धक विमानका चालकलाई आज रिहागर्ने

पाकिस्तानले भारतीय युद्धक विमानका चालकलाई आज रिहागर्ने


समायोजन खबर
  • शुक्रबार, फाल्गुन १७ २०७५

  • समायोजन खबर काठमाण्डौ,
    पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई आज रिहा गर्दैछ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको तनाव नचर्काउने र शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई रिहा गर्ने बताउनुभएको छ ।

     

    संसदको दुबै सदनको संयुक्त बैठकलाई हिजो संबोधन गर्दै उहाँले आफूहरुसँग शक्ति नभएका कारण भारतसँग झुकेको नभै तनावलाई चर्काएर कसैलाई फाइदा नहुने भएकाले पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका युद्धक विमानका चालकलाई रिहा गर्न लागेको जानकारी गराउनु भएको हो । प्रधानमन्त्री खानले भारतीय पक्षबाट पाकिस्तानी इलाकामा गरेको वम बर्षाका कारण कुनै मानवीय क्षति नभएकाले बदलामा आक्रमण गर्ने सोच नराखेको पनि बताउनुभयो । उहाँले भारत सरकार खासगरी प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानमाथि आक्रमण गर्नुको आशय आसन्न निर्वाचनको नतिजालाई आफ्नो पकडमा पार्नु भएको दावी गर्नुभयो ।
    २०७५ फागनु १७ गते बिहान ९ : ११ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology