• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रहरीद्धारा आठ जना सुत्केरीलाई रक्तदान

प्रहरीद्धारा आठ जना सुत्केरीलाई रक्तदान


चिसाङ शेर्पा
  • शुक्रबार, फाल्गुन १७ २०७५

  • फायल फोटो

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङमा प्रहरीले आठ जना सुत्केरी महिलालाई रक्तदान गरेको छ । सुत्केरी अवस्थामा बढी रक्तश्राप भएका र रगत आवश्यक पर्ने सुत्केरी आमालाई जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरीले विभिन्न समयमा निःशुल्क रक्तदान गरेका छन् ।

     

    यस आर्थिक वर्षको साउनयता हालसम्म आठजना सुत्केरी महिलालाई रक्तदान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक राजकुमार केसीले बताए । विभिन्न स्थानदेखी सुत्केरी गराउन जिल्ला अस्पताल दिक्तेलमा आएका र प्रसुती गराउने क्रममा रगत नपाएका सुत्केरीलाई आफ्ना मातहतका प्रहरीले खबर आएको पाँच मिनेटमै अस्पताल पुगेर रक्तदान गर्नेगरेको उनले बताए । प्रहरी जवान लालकाजी तामाङले केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाकी अनिता राई र दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माकी कोपिला राईलाई रगत दिएर ज्यान बचाएका छन् ।

    रक्तदान गर्नुहुंदै खोटाङका डिएसपी राजकुमार केसी । तस्विर समायोजन खबर

    प्रहरी जवान निरवान मल्लले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी शुसिला दाहाल, कमल बहादुर भुजेलले दिक्तेलकी भिम कुमारी राई, किङकङ्ग राईले रावाबेंशी गाउँपालिका–१ कुभिण्डेकी रोनिका राईलाई रक्तदान गरेका हुन् । यस्तै, प्रनाउ केसीले दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी अनिता बिक, हरी राईले दिक्तेलकी अस्मिता वास्तोला र भिमा उराउले दिक्तेलकी सम्झना गुरागाँईलाई रक्तदान गरेकी हुन् । ‘प्रहरी कार्यालय र अस्पताल नजिककै छ । सुत्केरी गराउदा रगतको आवश्यक परेकाले हामीलाई अनुरोध गर्नुहुन्छ ।’ प्रनाउ केसीले भने, “हामीले रक्तदान गर्न योग्य प्रहरी जवानको नामावली र, मानिस तयारी अवस्थामा राख्ने गरेका छौ, खबर आएको खण्डमा तत्काल प्रहरीले रगत दिन्छन् ।” जिल्लामा रहेको नेपाल रेडक्रस सोसाइटीले दिक्तेलको भानुचोक, बैंकचोक, त्रिवेणीचोक, पूरानो बेसक्याम र रत्नपार्कमा ब्लड ग्रुप छुट्याएर तिनिहरुको रेडक्रसमा डाटा राखिएको र ब्लड आवश्यक परेको खण्डमा सम्बन्धित ब्लड ग्रुप भएकालाई ब्लड दिन अनुरोध गरिने गरेकोे रेडक्रस मातहतका रक्त सञ्चार केन्द्रका संयोजक छत्रकुमार वजिमयले बताए ।
    २०७५ फागनु १७ गते बिहान ७ :५० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology