• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रतिनिधिसभा सदस्य भट्टराईले, यसरी चिन्छन् पर्यटनमन्त्रीलाई

प्रतिनिधिसभा सदस्य भट्टराईले, यसरी चिन्छन् पर्यटनमन्त्रीलाई


चिसाङ शेर्पा
  • बिहिबार, फाल्गुन १६ २०७५

  • देविस्थानमा संञ्चालन भएको धार्मिक तथा पर्यटकीय महोत्सवको उद्घाटनमा फेटा ग्रहण गर्नुहुंदै पर्यटनमन्त्री अधिकारी । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    बुधबार ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई लाखौ नेपालीले भोली बिहान ८ बजेबाट टुंडिखेलमा श्रद्धाञ्जली दिदै छन् । भौतिक शरीर हामी समक्ष नरहेपनि उहाँको देन र सम्झना सदा रहनेछ ।

     

    पर्यटनमन्त्री रहंदा खोटाङका लागि मन्त्री अधिकारीले ठूलो योगदान गर्नुभएको थियो । २०७४ चैत्र १५ गते देविस्थानमा संञ्चालन भएको धार्मिक तथा पर्यटकीय महोत्सवको उद्घाटन, बराहपोखरीलाई पर्यटनका एकसय गन्तव्यमा समावेश, हलेसीलाई महत्वपुर्ण पर्यटकीय गन्तव्यको रुपमा सूचिकृत र उहाँले आफ्नो पहलमा २०७३ साल चैत्र १३ गतेदेखि उडान रोकिएको थामखर्क विमानस्थल उद्घाटन गर्नुभएको थियो । विमानस्थल उद्घाटनसँगै देशको विकट स्थानहरुमा रहेका सबै विमानस्थल सञ्चालन गर्ने उहाँले बताउनुभएको थियो ।

    स्व.पर्यटनमन्त्रीलाई प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले यसरी चिन्छन् उहाँकै शब्दमा
    संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई मैले विधार्थीकालदेखी नै चिनेके हुं र, त्यसपछि अनवरत रुपमा हामीले विधार्धी, पार्टी र संसदसम्म सहकार्य ग-र्यौ । यो सहकार्यको दौरानमा उहाँलाई मैले लिएको जिम्मेवारी जसरी पनि पूरा गर्नुपर्छ भन्ने असाधरण प्रतिबद्धता भएको ब्यक्तिको रुपमा मैले चिनेको छु ।

    देविस्थानमा भएको धार्मिक तथा पर्यटकीय महोत्सवमा आफ्नो कुरा राख्नुहुंदै पर्यटनमन्त्री अधिकारी । तस्विर चिसाङ शेर्पा

    उहाँसँग एउटा यस्तो विलक्षण प्रतिबद्धता यस्तो खालको अठोट थियो कि पार्टीले, संगठनले, संस्थाले दिएको जिम्मेवारी उहाँ सहर्ष स्वीकार गर्नुहुन्थ्यो र, त्यसलाई एउटा अवसर र चुनौतीको रुपमा लिएर यसलाई यता भो, उता भो भनेर हैन कि जसरी पनि पूरा गर्नुपर्छ भन्ने मान्यता उहाँ राख्नुहुन्थ्यो । स्वतन्त्र विधार्थी युनियनको सभापति हुंदा होस, अखिलको जिल्लादेखी केन्द्रसम्मको जिम्मवोरी लिंदा होस, वा संसदमा संविधानसभामा भूमिका निर्वाह गर्दा होस । सभापति, मन्त्री हुंदा उहाँलाई हामीले नजिकबाट चिन्दाखेरी उहाँ दिएको जिम्मेवारीलाई पूरा गर्ने उहाँसँग अठोट थियो ।

    अब, रविन्द्र अधिकारी मृत्युसँगै देशले एउटा असाधरण क्षमता भएको निष्ठावन युवा नेतालाई गुमाएको छ । उहाँ हाम्रो कम्युनिष्ट पार्टीको एउटा भविष्यको सशक्त नेता बन्नुहुन्थ्यो भन्ने कुराको संकेत चाँही उहाँको अहिलेसम्मको विकासक्रमले देखाएको छ । त्यो हामीले गुमायौं । देशले एउटा महत्वपुर्ण राजनीतिकर्मी गुमाएको छ । सरकारले एउटा मन्त्री गुमाएको छ । युवाहरुले आफ्नो आशाको भविष्य गुमाएका छन् । यस अर्थमा देशको लागि अपुरणिय क्षति हो ।

    गत माघ २८ गते थामखर्क विमानस्थल उद्घाटन गर्नुहुंदै पर्यटनमन्त्री अधिकारी लगायत ।

    खोटाङको कुरा गर्दाखेरी, उहाँलाई मन्त्री भईकन पनि दुई पटक खोटाङमा पायौं । देविस्थानमा संञ्चालन भएको धार्मिक तथा पर्यटकीय महोत्सवको उद्घाटन, हालसालै १५ दिन अगाडी उहाँले थामखर्क विमानस्थल उद्घाटन गर्नु भो र, त्यसलाई नियमित सेड्युलमा हाल्न पनि सहायोग गर्नुभयो । यसर्थमा खोटाङमा हलेसीलाई उहाँले महत्वपुर्ण पर्यटकीय गन्तव्यको रुपमा सूचिकृत गर्नुभयो, भने बराहपोखरीलाई पर्यटनका एक सय गन्तव्यभित्र राखिदिनुभयो ।

    यस अर्थमा खोटाङको पर्यटन विकासमा छोटो योगदान गर्नु भो, त्यो धेरै महत्वपुर्ण र अविस्मरणिय छ । म आशा गर्न चाहान्छु । उहाँले साचेका ति सपनाहरु भविष्यमा हामी पूरा गर्नेछौ । र, अब पछि आउने मन्त्रीले पनि त्यसलाई अविछिन्न उत्तराधिकारवाला मन्त्री हुनुको नाताले सहयोग गर्नुहुन्छ भन्ने आशा गर्न चाहान्छु । जे सुकै भए पनि यो शोकको घडीलाई शक्तिमा रुपान्तरण गर्नुपर्छ र, उहाँले देखाएको बाटोमा अनवरतरुपमा अघि बढ्नुपर्छ ।

    देविस्थानमा भएको धार्मिक तथा पर्यटकीय महोत्सव उद्घाटनमा मन्त्री सवार हेलिकोप्टर । । तस्विर चिसाङ शेर्पा

    १० करोड बजेट बिनियोजन गरेर थामखर्क विमानस्थल कालोपत्रे ग-र्यौ । कालोपत्रे भइसकेपछिको उद्घाटन उहाँबाटै भयो । र, त्यो उद्घाटन समारोहमा उहाँले देशभरीका विमानस्थलहरु चलाउँछु, म, स्तरोन्नती गर्छु, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २४ घण्टा चलाउने बनाउछु, भारतसँगको हवाई रुट हामीसँग यौटा मात्रै छ । त्यसलाई हामी कम्तीमा तीनवटा बनाउछौ, त्यसपछि चाहि उहाँले नेपाल भ्रमण वर्ष २०२० मा झण्डै तीस लाख पर्यटक भित्र्याउने अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार र पहल कदमी गछौ र, अहिले चाहिँ युरोपेली युनियनले नेपाल एयरलाइन्सलाई ब्ल्याक लिष्टमा राखेको छ । त्यो ब्ल्याक लिष्ट हटाउछु भनेर उहाँले बचनबद्धता ब्यक्त गर्नु भएको थियो । संयोगवश आजै मात्रै उहाँको जर्मन भ्रमण पनि थियो, त्यो हुन सकेन । यो दुःखद घडीमा केवल ति हाम्रा एउटा सपनाका विषय मात्रै रहे । र, आगामी दिनमा त्यसलाई हामी पछिल्ला पुस्ताले पुरा गर्न अघि बढ्नुपर्छ ।
    २०७५ फागुन १६ गते राती ८ : ११ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology