समायोजन खबर काठमाण्डौ,
पार्टीको केन्द्रीय सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी लगायतको शोकमा सत्तारुढ दल नेकपाले आज देशभर झन्डा आधा झुकाएको छ । पार्टी सचिवालयको बैठकले आज देशभरको पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो ।
तीन दिनसम्म सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय पनि गरेको छ । बैठकले फागुन २३ गते काठमाडौँमा श्रद्धाञ्जली सभा आयोजना गर्ने पनि निर्णय गरेको छ । पार्टीले मृतक सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनप्रति समवेदनासमेत प्रकट गरेको छ । बैठकले दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई आवश्यक सहयोग गर्न सरकारसँग अनुरोध गर्ने पनि निर्णय गरेको छ ।
२०७५ फागुन १६ गते साँझ ६ : २६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology