चिसाङ शेर्पा खोटाङ,
एक नम्बर प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगितामा खोटाङ र धनकुटा प्रतिस्पर्धा गर्ने भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि झापामा भइरहेको प्रतियोगितामा अपरान्ह एक बजेदेखी दुइ जिल्लाका खेलाडीविच प्रतिस्पर्धा हुने भएको हो ।
आठौं राष्ट्रिय खेलकुदकका लागि सोमबार(हिजो)बाट झापामा जारी पुरुष फुटबल प्रतियोगितामा ओखलढुंगा पराजित भइसकेको छ । सुन्यका विरुद्ध दुइ गोल गर्दै मोरङले ओखलढुंगालाई हराएका हुन् । प्रतियोगितामा १४ जिल्लाका खेलाडी सहभागि छन् । यस्तै,आठौं राष्ट्रिय खेलकुदका लागि धनकुटामा भएको एक नम्बर प्रदेश स्तरीय महिला फुटबल प्रतियोगितामा खोटाङ पराजित भएको छ । निर्धारित समयमा बराबरी गोल भए पनि पेनाल्टी सुटमा तेह्रथुमसँग खोटाङ हारेको हो ।
२०७५ फागुन १४ गते बिहान ८ :५४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology