चिसाङ शेर्पा खोटाङ,
सङ्घीय समाजवादी फोरम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रथम नगर अधिबेशन चैत्रको पहिलो हप्तामा हुने भएको छ । पार्टीको केन्द्रिय सर्कुलर अनुसार आगामी चैत्र २ गते प्रथम नगर अधिबेशन हुने भएको हो ।
फागुन ३० गते बिहीबार प्रथम नगर अधिबेशन गरिने भने पनि अतिथिको समय अनुकुल हुन नसक्दा चैत्रमा अधिबेशन गर्नुपरेको पार्टी कार्यालयमा सोमबार पत्रकार सम्मेलनामा जानकारी दिइएको हो । अधिबेशनका लागि सङघीय समाजवादी फोरम नेपालका केन्द्रीय सचिव एवं सहरी विकास मन्त्री मोहमद इस्तियाक राई, केन्दीय सदस्य एवं १ नं. प्रदेश समिति अध्यक्ष भुपेन्द्र नेम्वाङ र केन्द्रीय सदस्य लिला सिटौला दिक्तेल आउने अधिबेशन आयोजक समिति संयोजक निर्मल राईले जानकारी दिनुभयो ।
अधिबेशनका लागि जिल्ला समिति खोटाङका सल्लाहाकार प्रश्नराज राईको संयोजकत्वमा पार्टी संगठन निर्माण समन्वय समिति, अधिबेशन आयोजक समिति सचिव रबिन खम्बुको संयोजकत्वमा प्रचार–प्रसार उप–समिति, धनिराम राई नोछोङको संयोजकत्वमा साँस्कृतिक उप–समिति र आर्थिक उप–समिति गठन गरिसकिएको छ । साथै अधिबेशनलाई मध्यनजर राख्दै फागनु १७ देखी २५ गतेसम्म पालिकाको सम्पुर्ण वडाहरुमा समिति गठन/पुनर्गठन, नगर अधिबेशनका लागि प्रतिनिधि तथा पर्यवेक्षक छनौट र नगर स्तरीय संङ्घीय शिक्षक फोरम र समाजवादी युवा फोरम नेपाल गठन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
२०७५ फागुन १३ गते साँझ ७ :३३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology