• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

७५ केजी पुरुष कुमितेमा मोरङ र सुनसरी फाईनलमा, खोटाङलाई कास्य

७५ केजी पुरुष कुमितेमा मोरङ र सुनसरी फाईनलमा, खोटाङलाई कास्य


चिसाङ शेर्पा
  • बिहिबार, फाल्गुन ९ २०७५

  • सुनसरीका रोशन धामी(निलो)सँग फाईट गर्दै खोटाङका सुजन राई(रातो) तस्विर चिसाङ शेर्पा बिराटनगर

    चिसाङ शेर्पा बिराटनगर,
    एक नम्बर प्रदेश स्तरीय कराते प्रतियोगिताको ७५ केजी पुरुष कुमितेतर्फ मोरङ फाईनलमा प्रवेश गरेको छ । आठौं राष्ट्रिय कराते प्रतियोगिताका लागि बिराटनगरमा भइरहेको प्रतियोगितामा मोरङ र सुनसरी फाईनलमा पुगेकोे हो ।

     

    मोरङ जिल्ला सितोरियो कराते संघ र पुर्वाञ्चल क्षेत्रिय विकास समितिको आयोजनामा बिराटनगरस्थित शहिद रंगशाला कभर्डहलमा गत मंगलबारबाट सुरुवात भएको तीन दिवसीय प्रदेश स्तरीय कराते प्रतियोगिताको तेश्रो दिन बिहीबार ७५ केजी तौल समुहमा मोरङका सल बहादुर गुरुङ र सुनसरीका रोशन धामी फाईनलमा पुगेका हुन् । खोटाङका सुजन राई र धनकुटाका रवि खत्रीले कास्य पदक जितेका छन् ।
    यस्तै,आजै भएको ५५ केजी तौल समुह पुरुष कुमितेमा मोरङ र झापा तथा ६० केजी तौल समुह कुमितेमा खोटाङका सन्तोष राई र मोरङका किशोर कोइराला फाईनलमा पुगेका हुन् । ५५ केजीमा आविष्कार राई धनकुटा र आशिष तुम्बाफे पाँचथर तथा ६० केजीमा इलामका सविन मगर र तेह्रथुमका मन कुमार राईले कास्य पदक जितेका छन् ।

    यसैगरी, बुधबार भएको ५० केजी तौल समुह पुरुष कुमितेमा मोरङका महेश यादव र ओखलढुंगाका मिलन राई फाईनलमा पुगेका छन् । भोजपुरका शन्देस राई र झापाका अरुण कुमार लिम्बुले कास्य पदक जितेको छ । महिला पुरुष कुमिते प्रतियोगिताको फाईनल खेल भोली (शुक्रबार) गराइने आयोजकले जनाएको छ । प्रतियोगितामा (स्वर्ण) जित हासिल गर्ने खेलाडीले प्रदेश नम्बर सातको कञ्चनपुरस्थित महेन्द्रनगरमा हुने आठौं राष्ट्रिय प्रतियोगितामा स्पर्धा गर्न पाउनेछन् । ‘आठौं खेलकुद हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने नाराका साथमा १७ स्वर्ण, १७ रजत र ३४ कास्यगरी ६८ विधामा प्रतियोगिता भइरहेको छ । १७ स्वर्ण पदक जित्ने खेलाडी राष्ट्रिय प्रतियोगितामा जानेछ । प्रदेश स्तरीय कराते प्रतियोगितामा १४ जिल्लाले सहभागिता जनाएको छ ।
    २०७५ फागनु ९ गते राती ८ :०४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology