• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

६८ केजी महिला कुमितेमा खोटाङ फाईनलमा

६८ केजी महिला कुमितेमा खोटाङ फाईनलमा

इलाम खोटाङको सामाना गर्दै


चिसाङ शेर्पा
  • बिहिबार, फाल्गुन ९ २०७५

  • मोरङकी खेलाडी(निलो)सँग फाईट गर्दै खोटाङकी जस्मिना राई(रातो) तस्विर चिसाङ शेर्पा बिराटनगर

    चिसाङ शेर्पा बिराटनगर,
    एक नम्बर प्रदेश स्तरीय कराते प्रतियोगिताको महिला कुमितेतर्फ खोटाङ फाईनलमा प्रवेश गरेको छ । आठौं राष्ट्रिय कराते प्रतियोगिताका लागि बिराटनगरमा भइरहेको प्रतियोगिताको ६८ केजी तौल समुहमा खोटाङ र इलाम फाईनलमा पुगेकोे हो ।

     

    मोरङ जिल्ला सितोरियो कराते संघ र पुर्वाञ्चल क्षेत्रिय विकास समितिको आयोजनामा बिराटनगरस्थित शहिद रंगशाला कभर्डहलमा गत मंगलबारबाट सुरुवात भएको तीन दिवसीय प्रदेश स्तरीय कराते प्रतियोगिताको तेश्रो दिन बिहीबार ६८ केजी तौल समुहमा खोटाङकी जस्मिना राई र इलामकी समिक्षा लाप्चा फाईनलमा पुगेकी हुन् । मोरङकी रोजिना लिम्बु र सुनसरीकी सुमना राईले कास्य पदक जितेकी छन् । यस्तै,आजै भएको ५५ केजी तौल समुहमा खोटाङकी विद्याकला राई र सुनसरीकी अस्मिता राई फाईनलमा पुगेकी छन्। कञ्चन राई धनकुटा र रिमा लिम्बु ताप्लेजुङले कास्य पदक जितेकी छन् ।

    यसैगरी, बुधबार भएको ४५ केजी तौल समुहमा खोटाङकी डुनु राई, पाँचथरकी सोनिया जबेगु र ५० केजी तौल समुहमा इलामकी प्रिती वस्नेत र पाँचथरकी किनारी मेनाङवे फाईनलमा पुगेकी छन् । ४५ केजी तौल समुहमा ताप्लेजुङकी पासाङल्हमु शेर्पा र धनकुटाकी सिर्जना थापा तथा ५० केजी तौल समुहमा सुनसरीकी जिना सुब्बा र झापाकी लिला श्रेष्ठले कास्य पदक जितेकी छन् । दुवै कुमिते प्रतियोगिताको फाईनल खेल भोली(शुक्रबार)हुने आयोजकले जनाएको छ ।

     

    यसैविच, ६१ केजी महिला कुमितेमा सुनसरीकी ईन्द्रमाया तामाङ र संखुवासभाकी संगीता लिम्बु फाईनलमा पुगेकी छन् । संखुवासभाकी विनिता श्रेष्ठ र पाँचथरकी सोनिया काम्बाङले कास्य पदक जितेकी छन् । प्रतियोगितामा (स्वर्ण) जित हासिल गर्ने खेलाडीले प्रदेश नम्बर सातको कञ्चनपुरस्थित महेन्द्रनगरमा हुने आठौं राष्ट्रिय प्रतियोगितामा स्पर्धा गर्न पाउनेछन् । ‘आठौं खेलकुद हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने नाराका साथमा १७ स्वर्ण, १७ रजत र ३४ कास्यगरी ६८ विधामा प्रतियोगिता भइरहेको छ । १७ स्वर्ण पदक जित्ने खेलाडी राष्ट्रिय प्रतियोगितामा जानेछ । प्रदेश स्तरीय कराते प्रतियोगितामा १४ जिल्लाले सहभागिता जनाएको छ ।
    २०७५ फागनु ९ गते साँझ ७ : ५१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology