चिसाङ शेर्पा बिराटनगर
एक नम्बर प्रदेश स्तरीय कराते प्रतियोगिताको पुरुष कुमितेतर्फ मोरङ फाईनलमा प्रवेश गरेको छ । आठौं राष्ट्रिय कराते प्रतियोगिताका लागि बिराटनगरमा भइरहेको प्रतियोगिता अन्तरगत ५५ केजी तौल समुहमा मोरङ र झापा फाईनलमा पुगेकोे हो ।
मोरङ जिल्ला सितोरियो कराते संघ र पुर्वाञ्चल क्षेत्रिय विकास समितिको आयोजनामा बिराटनगरस्थित शहिद रंगशाला कभर्डहलमा गत मंगलबारबाट सुरुवात भएको तीन दिवसीय प्रदेश स्तरीय कराते प्रतियोगिताको तेश्रो दिन ५५ केजी तौल समुहमा मोरङका विवेक थापा र झापाका मनिष उप्रेती फाईनलमा पुगेका हुन् । आविष्कार राई धनकुटा र आशिष तुम्बाफे पाँचथरले कास्य पदक जितेका छन् । खोटाङले भने कुनै पदक जित्न सकेन । खोटाङबाट ५५ केजी समुहमा अर्जन श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।
यस्तै, बुधबार भएको ५० केजी तौल समुह पुरुष कुमितेमा मोरङका महेश यादव र ओखलढुंगाका मिलन राई फाईनलमा पुगेका छन् । भोजपुरका शन्देस राई र झापाका अरुण कुमार लिम्बुले कास्य पदक जितेको थियो । महिला पुरुष कुमिते प्रतियोगिताको फाईनल खेल अन्त्यमा गराइने आयोजकले जनाएको छ । प्रतियोगितामा (स्वर्ण) जित हासिल गर्ने खेलाडीले प्रदेश नम्बर सातको कञ्चनपुरस्थित महेन्द्रनगरमा हुने आठौं राष्ट्रिय प्रतियोगितामा स्पर्धा गर्न पाउनेछन् । ‘आठौं खेलकुद हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने नाराका साथमा १७ स्वर्ण, १७ रजत र ३४ कास्यगरी ६८ विधामा प्रतियोगिता भइरहेको छ । १७ स्वर्ण पदक जित्ने खेलाडी राष्ट्रिय प्रतियोगितामा जानेछ । प्रदेश स्तरीय कराते प्रतियोगितामा १४ जिल्लाले सहभागिता जनाएको छ ।
अन्य यि विधामा प्रतिस्पर्धा गर्दैछन् खोटाङका खेलाडी
पुरुष ६७ केजीमा रुरीहाङ दुमी, ७५ केजीमा सुजन राई, ८४ केजीमा हरिकाजी राई र ८४ प्लस समुहमा इश्वरधन राई छन् । यस्तै महिला ६१ केजीमा जस्मिना राई, ६८ केजीमा सोना राई र प्लस ६८ केजी समुहमा मिसडोना राई रहेकी टिम प्रशिक्षक सन्जय कुमार राईले जानकारी दिए ।
यो पनि पढ्नुहोस
५५ केजी महिला कुमितेमा खोटाङ र सुनसरी फाईनलमा
२०७५ फागुन ९ गते अपरान्ह १ :३८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology