• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

माझी समुदायका विधार्थीलाई पक्की भवन

माझी समुदायका विधार्थीलाई पक्की भवन


चिसाङ शेर्पा
  • सोमबार, फाल्गुन ६ २०७५

  • विद्धालयको भवन उद्घाटन गर्नुहुंदै गाउँपालिका अध्यक्ष भूपेन्द्र राई लगायत । तस्विर समायोजन खबर

    चिसाङ शेर्पा खोटाङ,
    यसअघि दुइ कोठे तीन वटा, एक कोठे एक वटा भवन थियो । यसो बारबेर गरेर कक्षा सञ्चालन गरिरहेका थियौ । अध्ययन/अध्यापन गराउन कठिनाइ थियो । बतासेस्थित भण्डारेघाटको माझी समुदायको बाहुल्यता रहेको पंचकौशिका आधारभूत विद्धालयका प्रधानाध्यापक पवन कुमार वस्नेतले भन्नुभयो “अब भने त्यो समस्या हटेर गयो, विधार्थी शिक्षकमा खुशियाली छायो ।” तत्कालिन जिल्ला शिक्षा कार्यालय खोटाङको ३६ लाख बजेटबाट निर्माण सम्पन्न भबन उद्घाटन भएपछि प्रअ वस्नेतले विगत र वर्तमान सुनाए ।

     

    दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको भण्डारेघाटमा अवस्थित विद्धालयको २७ औं वार्षिक उत्सवको अवसरमा आइतबार बिद्धालयमा निर्माण सम्पन्न चारकोठे पक्की भवन उद्घाटन गरिएको छ । गत जेठबाट निर्माण थालिएको भवन माघ अन्तिममा निर्माण सम्पन्न भएको थियो । नेपालको हकमा अल्पसंख्यक तर, बहुसंख्यक रुपमा माझी समुदायका विधार्थीहरु अध्ययनरत विद्धालयको पक्की भवन गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले उद्धघाटन गरेका छन् । लिच्कीराम्चे, बतासे र उदयपुर जिल्लाका अधिकांस माझी समुदायका विधार्थी अध्ययन गर्ने आधारभूत विद्धालयलाई नेपालको संविधानले स्थानीय तहलाई दिएको अधिकार र स्थानीय सरकार शासन संचालन सम्बन्धि ऐन २०७४ ले दिएको अधिकार पालना गर्दै यसै आर्थिक वर्षमा माध्यमिक विद्यालय संचालन गर्ने गाउँपालिका अध्यक्ष राईले प्रतिवद्धता जाहेर गरेका छन् ।

    विद्धालयको भवन उद्घाटन गर्नुहुंदै गाउँपालिका अध्यक्ष भूपेन्द्र राई लगायत । तस्विर समायोजन खबर

    विद्धालय भबन अभावमा अध्ययन गरिरहेका विधार्थीहरुलाई भनेजस्तो शिक्षा दिन सकिएको थिएन । मावि तहको लागि पढ्न अन्यत्र जानुपर्ने अवस्था छ । कि पढाइ नै छोड्नुपर्छ । त्यही कारण मावि तहको पढाइ गराउनेमा गाउँपालिका गम्भिर भएर लागि परेको छ । गाउँपालिका अध्यक्ष राईले भन्नुभयो, ’पढ्न मन लागे पढ्ने, नभए सुनकोसी नदीमा जाल, पासो थापेर माछा मार्ने र डुंगा चलाउने पुख्यौली पेसा गर्नुपर्ने बाध्यता छ/थियो । त्यही भएर अव सोही विद्धालयमा मावि तह पढ्न पाउनेमा माझी समुदायका विधार्थी र अभिभावकलाई ढुक्क बनाउन चाहान्छौ ।′

     

    दिप्रुङ चुइचुम्मा गाउँपालिकासंगै खोटेहाङ गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र उदयपुरको रौतामाई गाउँपालिका लगायतका १ सय १५ जना पिछडिएका बर्गका बालबालीका मध्ये ८६ जना माझी समुदायका विधार्थी सो बिद्धालयमा अध्ययनरत छन् । आर्थिक वर्ष २०७४/०७५ को बजेटबाट गाउँपालिकाभित्रका हरेक वडाका एक एक विद्यालयलाई नमुना बनाउने गाउँपालिकाको नीति अनुसार उक्त विद्यालयलाई गाउँपालिकाले गएको भदौ २३ गते दश थान कम्प्युटर प्रदान गरेर कम्प्युटर कक्षा लिने अवसर दिएपछि अहिले माझी समुदायका बालबालिका कम्यूटर शिक्षा सिक्नमा व्यस्त छन् । यस्तै, सोही भेगको भण्डारेघाटमा स्वास्थ्य इकाई राख्ने गत माघ १३ गते गाउँ कार्यापालिकाको भेलाले निर्णय गरिसकेको छ ।
    २०७५ फागुन ६ गते अपरान्ह १२ :५१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology